काठमाडौं – कोरोन भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ।
नेपाली समय अनुसार मंगलबार बिहान ८ बजेसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय २३ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ७४ हजार ७ सय ४४ पुगेको छ।
२४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार भन्दाबढी रहेको छ।
स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ४१ पुगेको छ।
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ७१ पुगेको छ।
फ्रान्समा ८ हजार ९ सय ११ जनाले ज्यान गुमाइसकेका छन् ।
संसारभर १३ लाख ४७ हजार ६ सय ७६ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
२४ घण्टामा ७३ हजार भन्दाबढी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकामा सबै भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। एकै दिनमा अमेरिकामा ३० हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
त्यस्तै स्पेनमा १ लाख ३६ हजार ६ सय ७५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। इटालीमा १ लाख ३२ हजार ५ सय ४७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जर्मनीमा १ लाख ३ हजार ३ सय ७५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
संसारभर २ लाख ७७ हजार ३ सय ३१ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
एसियन देशहरुको अवस्था
इरानमा ६० हजार ५ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ३ हजार ७ सय ३९ जनाको मुत्यु भैसकेको छ। २४ हजार २ सय २६ जना निको भएर घर फर्किसकेका छन्।
चीनमा ८१ हजार ७ सय ८ जना संक्रमित भएका छन्। ३ हजार ३ सय ३१ जनाको मुत्यु भएको छ। ७७ हजार ७८ जना निको भएर घर फर्किसकेका छन्।
दक्षिण कोरियामा १० हजार २ सय ८४ जना कोरोना भाइरबाट संक्रमित भएका छन्। १ सय ८६ जनाको मुत्यु भएको छ। ६ हजार ५ सय ९८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा ४ हजार ७ सय ७८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। १ सय ३६ जनाको मुत्यु भएको छ। ३ सय ७५ जना निको भएर घर फर्किसकेका छन्।
मलेसियामा ३ हजार ७ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ६२ जनाको मुत्यु भइसको छ। १ हजार २ सय ४१ जना निको भएर घर फर्किसकेका छन्।
जापानमा ३ हजार ९ सय ६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ९२ जनाको मत्यु भएको छ भने ५ सय ९२ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा ३ हजार ७ सय ६६ जना संक्रमित भएका छन्। ५३ जनाको ज्यान गइसकेको छ। २ सय ५९ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इन्डोनेसियामा २ हजार ४ सय ९१ जना कोरोना भाइसरबाट संक्रमित भएका छन्। २ सय ९ जनाको ज्यान गएको छ भने १ सय ९२ जना निको भएर घर फर्किसकेका छन्।
थाइल्याडमा २ हजार २ सय २० जना संक्रमित भएका छन्। २६ जनाको मुत्यु भएकोछ। ७ सय ९३ जना निको भएर घर फर्किसका छन्।
सिंगापुरमा १ हजार ३ सय ७५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ६ जनाको मुत्यु भएको छ। ३ सय ४४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
साउदी अरबमा २ हजार ६ सय ५ जना संक्रमित भएका छन्। ३८ जनाको मुत्यु भएको छ। ५ सय ५१ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा ९ जना संक्रमित भएका छन् एक जना निको भएर घर फर्किसको छन्।