काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण समुदायमा कहाँकहाँ फैलिएको छ भन्ने पत्ता लगाउने नयाँ ट्रेसिङ एप प्रयोगमा ल्याउने बताएका छन्।
प्रधानमन्त्री ओलीले अबको दुई साता कोरोना भाइरसको जोखिम पत्ता लगाउन लागिने हुँदा दुई साता थप जटिल हुने बताए।
उनले सबै संकटको घडिमा चिकित्सक र स्वास्थ्यकर्मी, सहयोगी, चालक, सुरक्षाकर्मीको उच्च सुरक्षा गर्दै सबैलाई जोखिम भत्ताको व्यवस्था गरिएको बताए।
उनले महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि एक हजार पाँच सय भत्ता व्यवस्था गरिएको बताए।