काठमाडौं– कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि घर फर्किनेको संख्या २ लाख ८५ हजार नाघेको छ।
नेपाली समय अनुसार मंगलबार दिउसो ३ बजे सम्मको तथ्यंकमा २ लाख ८५ हजार ४ सय ३७ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
चीनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या सबैभन्दा बढी छ। चीनमा ७७ हजार ४ सय १० जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्पेनमा ४० हजार ४ सय ३७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा ३६ हजार ८१ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा २४ हजार २ सय ३६ जना निको भएर घर फर्किसकेका छन्।
इटालीमा २२ हजार ८ सय ३७ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा निको भएर घर फर्किनेको संख्या १९ हजार ९ सय १९ पुगेको छ।
फ्रान्समा निको भएर घर फर्किनेको संख्या १७ हजार ४ सय २९ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार १३ लाख ५० हजार ८ सय ४१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ८ सय ७० पुगेको छ।