काठमाडौं - कोरोना भाइरसको आशंकामा जुम्लामा ३ सय २४ जनाको नमूना संकलन गरिएको छ। भारत लगायत अन्य मुलुकबाट फर्किएका नागरिकको नमूना संकलन गरिएको हो।
जुम्लाको विभिन्न तीन स्थानबाट शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक डा मंगल रावलले बताए।
नेपाल प्रहरीका डा रुजु केसीको नेतृत्वमा गएको टोलीले जुम्ला विमानस्थलबाट १ सय ५० जनाको नमूना संकलन गरेको हो।
यस्तै, लासिपाटन चौर कनकासुन्दर गाउँपालिकाबाट ५० र देयार गाउँ हिमा गाउँपालिकाबाट १ सय २४ जनाको नमूना संकलन गरिएको हो।