काठमाडौं- अमेरिकामा कोरोना संक्रमण चार लाख नजिक पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ कुल ३ लाख ९६ हजार २ सय २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पनि १२ हजार नाघेको छ।
त्यस्तै २१ हजारभन्दा बढी भने उपचारपछि निको भइसकेका छन्।
कोरोना भाइरस संक्रमणको कारण ८१ हजार ८ सय ६५ जनाले ज्यान गुमाएका छन्।
बुधबार बिहानको तथ्यांक अनुसार १४ लाख २६ हजार ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख ५४ जना उपचारपछि निको भएका छन्।