काठमाडौं– कोरोना भाइसरबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख १७ हजार नाघेको छ।
नेपाली समय अनुसार बुधबार दिउसो साढे ३ बजे सम्म ३ लाख १ हजार ७ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यंक अनुसार संसारभरी १४ लाख ३४ हजार ४ सय २६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिका सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमित हुनेको संख्या ३ लाख ९९ हजार ९ सय २९ पुगेको छ।
कोरोना भाइरसबाट हालसम्म ८२ हजार २ सय २०जना मानिसको मुत्यु भइसको छ। इटालीमा १७ हजार १ सय २७ जनाको मुत्यु भइसकेको छ भने स्पेनमा मुत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ।
निको भएर फर्किने कुन देशमा कति
चीनमा ७७ हजार ५ सय ३७ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
स्पेनमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्या ४३ हजार २ सय ८ पुगेको छ।
जर्मनीमा ३६ हजार ८१ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।
इरानमा २७ हजार ३९ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटाली २४ हजार ३ सय ९२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा २२ हजार ५ सय ३९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा निको भएर घर फर्किनेको संख्या १९ हजार ५ सय २३ पुगेको छ।
स्विजरल्याण्डमा ८ हजार ७ सय ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
दक्षिण कोरियामा ६ हजार ७ सय ७६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बेल्जियमा ४ हजार १ सय ५७ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा ४ हजार ४७ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा ४ हजार ४६ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।