काठमाडौं- चिरायु नेसनल अस्पतालले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिम न्युनिकरणका लागि आवश्यक पूर्वाधार र जनशक्तिहरुलाई तयारी अवस्थामा राखेको छ।
लकडाउन शुरु भएसंगै अस्पतालले छुट्टै कोरोना क्लिनिक (ज्वरो क्लिनिक), १४ शय्याको आइसोलेसन वार्ड तथा अब्जरभेसन कक्ष लगायतका सेवा सञ्चालनमा ल्याएको छ।
लकडाउन शुरु भएदेखि हालसम्म अस्पतालले शुरु गरेको कोरोना क्लिनिकमा ३४ जना बिरामी आइसकेका छन। यो बीचमा अस्पतालको आकस्मिक सेवाबाट २ सय २२ जनाले सेवा लिएका छन्।
लकडाउनका कारण अस्पतालले आकस्मिक शल्यक्रियाबाहेकका बिरामीलाई लकडाउनपछिको समय दिएको छ।
अस्पतालले बिरामीलाई फोन मार्फत पनि परामर्श सेवा दिइरहेको अस्पतालका डेप्युटी म्यानेजर रवि खड्काले जानकारी दिए।
उनका अनुसार फिजिसियन तथा मनोचिकित्सक सम्बन्धी सेवा सामाजिक दुरि कायम राखि आवश्यक सुरक्षित सामाग्री दिई ओपिडी सेवा शुरु गरिएको र आगामी दिनहरुमा क्रमशः अन्य आवश्यक ओपिडी सेवा शुरु गर्ने तयारीमा रहेको छ।
