काठमाडौं - नेपाल स्वास्थ्य स्वयंसेवक संघले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा परिचालन हुन तयार रहेको जनाएको छ।
सरकारले निर्णय गरे बमोजिम कोरोनाको रोकथामका लागि खटिन र परिचालन हुन तयार रहेको संघले जनाएको हो । संघले बिहिबार प्रेस विज्ञप्ति जारी गरी आफुहरुको भूमिका र कर्तव्य, पाउने सुविधाहरु प्रष्ट पारी काममा खटाउन सरकारलाई आग्रह गरेको छ।
कोरोना सम्बन्धी तालिम दिन, पर्याप्त व्यक्तिगत सुरक्षाका सामग्री व्यवस्था गर्न, बिमा र आफु र परिवारलाई सामाजिक सुरक्षाको कार्यक्रमको घोषणा गरी कार्यान्वयन गर्न पनि संघले आग्रह गरेको छ। खाली पेट भोकभोकै काम गर्नु परेको अवस्थालाई अन्त्य गरी मर्यादित वातावरणको सिर्जना गर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
