काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ८९ हजार नाघेको छ।
नेपाली समय अनुसार बिहिबार बेलुका ९ बजेसम्म ८९ हजार ९ सय १५ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १५ लाख ३ हजार ९ सय पुगेको छ।
अमेरिकामा सबैभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ४ लाख ३२ हजार ५ सय ५४ पुगेको छ।
स्पेनमा १ लाख ५२ हजार ४ सय ४६ जना संक्रमित भएका छन्।
इटालीमा १ लाख ३९ हजार ४ सय २२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
३ लाख ३९ हजार ७ सय ७५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
कोरोना भाइरबाट कुन देशमा कतिको मृत्यु
इटालीमा कोरोना भाइरको संक्रमणबाट मुत्यु हुनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ।
स्पेनमा १५ हजार २ सय ३८ जनाको मुत्यु भइसकेको छ।
अमेरिकामा मुत्यु हुनेको संख्या १४ हजार ७ सय ९७ पुगेको छ।
फ्रान्समा मुत्यु हुनेको संख्या १० हजार ८ सय ६९पुगेको छ।
युकेमा मुत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ।
इरानमा मुत्यु हुनेको संख्या ३ हजार ९ सय ९३ पुगेको छ।
चीनमा मुत्यु हुनेको संख्या ३ हजार २ सय १५ पुगेको छ।
बेल्जियममा मुत्यु हुनेको संख्या २ हजार ५ सय २३ पुगेको छ।
नेदरल्यान्डमा मुत्यु हुनेको संख्या २ हजार ३ सय ९६ पुगेको छ।
जर्मनीमा मुत्यु हुनेको संख्या २ हजार ३ सय९६ पुगेको छ।