एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जान्सनलाई सघन उपचार कक्ष (आइसियु)बाट वार्डमा सारिएको छ।
उनलाई बिहिबार बेलुका वार्डमा सारिएको उनका प्रवक्ताले बताएका छन्। अहिले उनको स्वास्थ्यमा सुधार आएको छ।
वार्डमा सारिएपनि उनलाई चिकित्सको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिने प्रवक्ताले जनाएका छन्।
‘प्रधानमन्त्रीलाई बिहिबार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको हो। उहाँ निको नभएसम्म उहाँलाई चिकित्सको प्रत्याक्ष निगरानीमा उपचार गराइने छ’ उनका प्रवक्ताले भनेका छन्।
उनले थपे ‘उहाँ एकदमै राम्रो स्थतिमा हुनुहुन्छ।’
प्रधानमन्त्रीलाई कोरोना संक्रमण देखिएपछि आइतबार सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ३ दिनसम्म सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।