काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालमा कोभिड-१९को नमूना जाँच परीक्षण सुरु गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोशी अस्पतालमा कोभिड-१९को पिसिआर मेसिनबाट परीक्षण सुरु गरेकोे जानकारी दिए। योसँगै देशका ११ स्थानबाट कोभिडको नमूना परीक्षण सुरु भएको छ।
प्रवक्ता देवकोटाले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन जडान गर्ने योजना रहेको बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, धुलिखेल अस्पताल, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा र भरतपुरमा कोभिड-१९ को प्रयोगशाला परीक्षण सुरु भइसकेको छ।