काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९७ हजार नाघेको छ।
नेपाली समय अनुसार शुक्रबार बेलुका ९ बजेसम्म मुत्यु हुनेको संख्या ९७ हजार २ सय ६४ पुगेको छ।
इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ। इटालीमा ज्यान जानेको संख्या १८ हजार २ सय ७९ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १६ लाख २२ हजार १ सय ६७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्
अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् अमेरिकामा संक्रमितको संख्या ४ लाख ६७ हजार १ सय ८४ पुगेको छ।
निको भएर घर फर्किनेको संख्या ३ लाख ६५ हजार २ सय ५० पुगेको छ।
निको भएर घरफर्किनेको संख्या
चीनमा ७७ हजार ७ सय ८७ जना निको भएर घर फर्किसकेका छन् ।
जर्मनीमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५५ हजार ६ सय ६८पुगेको छ।
स्पेनमा ५२ हजार ४ सय ७ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा ३५ हजार ४ सय ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा २८ हजार ४ सय ७० जना मानिस निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा निको भएर घर फर्किनेको संख्या २६ हजार ५ सय २२ पुगेको छ।
फ्रान्समा २३ हजार ४ सय ६९ जना निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा १० हजार ६ सय जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
दक्षिण कोरियामा ७ हजार १ सय १७ जना मानिस उपचा पछि निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा ७ हजार १ सय १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अस्ट्रियामा ६ हजार ६४जना निको भएर घर फर्किसकेका छन् ।
बेल्जियममा ५ हजार ५ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।