काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ।
नेपाली समय अनुसार शनिबार बिहान ७ बजेसम्म कोरोना भाइरसको संक्रमणले १ लाख २ हजार ६ सय ६९ जनाको मुत्यु भएको छ। २४ घन्टामा ७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
२४ घन्टामा अमेरिकामा २ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। यो सँगै अमेरिकामा मुत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ।
त्यस्तै इटालीमा १८ हजार ८ सय ४९ जना मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। स्पेनमा मुत्यको संखया १६ हजार ८१ पुगेको छ। फ्रान्समा १३ हजार १ सय ९७ जनाले ज्यान गुमाएका छन्। यूकेमा मुत्यको संख्या ८ हजार ९ सय ५८ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १६ लाख ९६ हजार १ सय ३९ मानिस संक्रमित भएका छन्। २४ घण्टामा ९४ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकामा एकै दिनमा ३३ हजार भन्दाबढी मानिस संक्रमित भएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ सय ९९ पुगेको छ।
स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जना मानिस संक्रमित भएका छन्। इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जना संक्रमित भएका छन्।
फ्रान्समा १ लाख २५ हजार ९ सय ३१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जर्मनीमा १ लाख २२ हजार १ सय ७१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख ७६ हजार २ सय पुगेको छ।
सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति
भारतमा कोरोना भाइरसको संक्रमणले एकै दिनमा २२ जनाले ज्यान गुमाएका छन्। यो सँगै भातरमा ज्यान गुमाउनेको संख्या २ सय ४९ पुगेको छ। भारतमा ७ हजार ६ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ सय ७४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा ४ हजार ६ सय ९५ जना मानिस संक्रमित भएका छन्। ६६ जनाको मुत्यु भइसेको छ। ७ सय २७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अफगानिस्तानमा ५ सय २१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १५ जनाको मुत्यु भइसको छ। ३२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा ४ सय २४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २७ जनाको मुत्यु भएको छ। ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
श्रीलंकमा १ सय ९०जना मानिस कोरोना भाइरसबाट संक्तमित भएका छन्। ७ जनाको मुत्यु भएको छ। ५४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा अहिलेसम्म १९ जना संक्रमित भएका छन्। १३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।