काठमाडौं– अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख १ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार दिउँसो ३ बजेसम्म अमेरिकामा संक्रमितको संख्या ५ लाख १ हजार ६ सय १५ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १७ लाख ४ हजार ५ सय ६५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संसारभरी कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३ हजार २ सय ५७ पुगेको छ। कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख ७७ हजार ४ सय ३४ पुगेको छ।
निको भएर घर फर्किने कहाँ कति
चीनमा ७७ हजार ८ सय ४४ जना निको भएर घर फर्किसकेका छन्।
स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५५ हजार ६ सय ६८ पुगेको छ।
जर्मनीमा ५३ हजार ९ सय १३ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इरानमा घर र्फिर्कनेको संख्या ३५ हजार ४ सय ६५ पुगेको छ ।
इटालीमा ३० हजार ४ सय ५५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा २९ हजार १ सय ९१ जना निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा २५ हजार १ सय ९५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्विजरल्यान्डमा ११ हजार १ सय मानिस उपचार पनि निको भएर घर फर्किसकेका छन्।
दक्षिण कोरियामा ७ हजार १ सय १७ जना मानिस उपचार पछि निको भएर घर फर्किसकका छन्।
अष्ट्रियामा उपचार पछि निको भएर घर फर्किनेको संख्या ६ हजार ६४ पुगेको छ।
क्यानाडामा ६ हजार १३ जना निको भएर घर फर्किसकेका छन् । बेल्जियमा निको भएर घर फर्किनेको संख्या ५ हजार ५ सय ६८ रहेको छ।