काठमाडौं अमेरिकामा कोरोना भाइरसको संक्रमणले मुत्यु हुनेको संख्या २० हजार नाघेको छ।
नेपाली समय अनुसार बिहान ७ बजेसम्म अमेरिकामा २० हजार ५ सय ७७ जनाको मुत्यु भएको तथ्यांक रहेको छ। कोरोनाका कारण सबैभन्दा बढी संक्रमित र मृत्यु हुने राष्ट्र अमेरिका हो।
२४ घन्टामा अमेरिकामा १ हजार ८ सय ३० जनाको मुत्यु भएको छ। त्यस्तै ३० हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। यो सँगै अमेरिकामा ५ लाख २९ हजार ७ सय ४० जना मानिस कोराना भाइरसबाट संक्रमित भएका छन्। तीस हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
मृकतकको संख्या अमेरिकामा इटालीभन्दा पनि बढी पुगेको छ। इटालीमा १९ हजार ४ सय ६४ जनाको मुत्यु भएको छ।
पछिल्लो २४ घन्टामा संसारभर ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या ६ हजार नाघेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यंक अनुसार विश्वभरमा १ लाख ८ हजार ८ सय ४ जनाको मुत्यु भैको छ।
स्पेनमा मुतको संख्या १६ हजार ६ सय ६ पुगेको छ। फ्रान्समा १३ हजार ८ सय ३२ जनाको मुत्यु भएको छ।
संक्रमितको संख्या १७ लाख ७६ हजार १ सय ५७ पुगेको छ। स्पेनमा संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ।
फ्रान्समा १ लाख ३० हजार ७ सय २७ जना मानिस संक्रमित भएका छन्। जर्मनीमा १ लाख २५ हजार ४ सय ५२ जना संक्रमित भएका छन्।
विश्वभर ४ लाख २ हजार ९ सय ३ जना निको भएर घर फर्किसकेका छन्।
निको भएर घर फर्किनेको संख्या कुन देशमा कति
चीनमा ७७ हजार ८ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५९ हजार १ सय ९ पुगेको छ।
जर्मनीमा उपचारप छि निको भएर घर फर्किनेको संख्या ५७ हजार ४ सय पुगेको छ।
इरानमा ४१ हजार ९ सय ४७ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इटालीमा ३२ हजार ५ सय ३४ जना मानिस संक्रमित निको भएका छन्।
अमेरिकामा ३१ हजार ४ सय २४ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा उपचारपछि निको भएर घर फर्किनेको संख्या २६ हजार ६ सय ६३ पुगेको छ।
स्विजरल्याण्डमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १२ हजार १ सय पुगेको छ।
दक्षिण कोरियामा उपचारपछि घर फर्किनेको संख्या ७ हजार २ सय ४३ पुगेको छ।
अष्ट्रियामा ६ हजार ६ सय ४ जना उपचारपछि घर फर्किसकेका छन्।
क्यानाडामा ६ हजार ५ सय ८९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बेल्जियमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ हजार ९ सय ८९ पुगेको छ।