काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघले कोरोनाको रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको तलब नकाट्ने निर्णय कार्यान्वयन गर्न माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको तलब नकाट्ने निर्णय गरेपनि उनीहरुको तलब काटिएको भन्दै निर्णय कार्यान्वयन गर्न माग गरेको हो। मन्त्रालयले तलब नकाट्को निर्णय गरेपनि स्थानीय तह र प्रदेश सरकारमा पुनः परिपत्र नहुँदा पहिलाको परिपत्र अनुसार तलब काटिएको संघले जनाएको छ।
संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह र प्रदेश सरकारलाई पुनः परिपत्र गर्न आग्रह समेत गरेको छ। कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि सरकारले प्रोत्साहन भत्ता, बिमा तथा अन्य सुविधाहरु तत्काल उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ। संघले यी सुविधा तत्काल उपलब्ध नगराएको भन्दै विज्ञप्ति मार्फत मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ।
.jpg)