काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मुत्यु हनेको संख्या १ लाख १० हजार नाघेको छ।
नेपाली समय अनुसार आइतबार बेलुका ९ बजेसम्म संसारभर मुत्यु हुनेको संख्या १ लाख १० हजार ५२ पुगेको छ।
अमेरिकामा सबैभन्दा बढी मानिसको मुत्यु भएको छ। अमेरिकामा मुत्यु हुनेको संख्या २० हजार ६ सय ३७ पगेको छ। त्यस्तै इटालीमा मुत्यु हुनेको संख्या १९ हजार ४ सय ६८ पुगेको छ।
स्पेनमा १६ हजार ९ सय ७२ जनाको मुत्यु भइसकेको छ। फ्रान्समा १३ हजार ८ सय ३२ जनाको मुत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा १७ लाख ९३ हजार २ सय २४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमण हुनेको संख्या ५ लाख ३० हजार २ सय पुगेको छ।
स्पेनमा १ लाख ६६ हजार १९ जना संक्रमित भएका छन्। इटालीमा १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन्। फ्रान्समा १ लाख २९ हजार ६ सय ५४ जना संक्रमित भएका छन्।
जर्मनीमा संक्रमितको संख्या १ लाख २५ हजार ४सय ५२ पुगेको छ।
हालसम्म विश्वभर ४ लाख १२ हजार ३ सय ५६ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति?
भारतमा संक्रमितको संख्या ८ हजार ५ सय ४ पुगेको छ। २ सय ८९ जनाको मुत्यु भइसकेको छ। भारतमा आइतबार एक जनाको मुत्यु भएको छ भने ५८ जना नयाँ बिरामी थपिएका छन्।
पाकिस्तानमा आइतबार २ जनाको मुत्यु भएको छ भने १ सय ५९ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै पाकिस्तानमा मृतकको संख्या ८८ पुगेको छ। पाकिस्तानमा ५ हजार १ सय ७० जना संक्रमित भएका छन्।
अफगानिस्तानमा आइतबार ५२ जना नयाँ बिरामी थपिएका छन्। यो सँगै अफगानिस्तानमा मृतकको संख्या १८ पुगेको छ। ६ सय ७ जनामा कोरोना संक्रमण भएको छ।
आइतबार बंगलादेशमा ४ जनाको मुत्यु भएको छ भने १ सय ३९ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन्। योसँगै बंगलादेशमा मृतकको संख्या ३४ पुगेको छ। ६ सय २१ जना संक्रमित भएका छन्।
श्रीलंकमा ५ जना नयाँ बिरामी थपिएका छन्। योसँगै श्रीलंकमा संक्रमितको संख्या २ सय ३ भएको छ। ७ जनाको मुत्यु भएको छ।
माल्दिभ्समा आइतबार एक जना बिरामी थपिएका छन्। योसँगै माल्दिभ्समा संक्रमितको संख्या २० पुगेको छ। १३ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा आइतबार ३ जना बिरामी संक्रमित थपिएका छन्। तर, उनीहरु सबै भारतीय नागरिक हुन्। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।