काठमाडौं– कोरोना भाइरसको संक्रमणको उपचारपछि निको भएर घर फर्किनेको संख्या ४ लाख ५३ हजार नाघेको छ।
नेपाली समय अनुसार मंगलबार दिउसो तीन बजेसम्म संसारभर ४ लाख ५३ हजार ३ सय ५३ जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा १९ लाख २५ हजार ८ सय ११ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार ८ सय १८ पुगेको छ।
अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६ सय ४४ पुगेको छ। इटालीमा २० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ। स्पेनमा १७ हजार ७ सय ५६ जनाको ज्यान गइसकेको छ।
फ्रान्समा १४ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । युकेमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २९ पुगेको छ।
कुन देशमा कति परीक्षण हुँदा, संक्रमितको संख्या कति?
अमेरिकामा २९ लाख ६४ हजार ६ सय २६ जना मानिसमा कोरोना भाइरसको परीक्षण गर्दा ५ लाख ८२ हजार ५ सय ९४ जना संक्रमित भएका छन्।
स्पेनमा ६ लाख मानिसमा परीक्षण गरिएकोमा १ लाख ७० हजार ९९ जनामा संक्रमण भएको छ।
इटालीमा १० लाख मानिसमा कोरोना भाइरसको परीक्षण गरिएकोमा १ लाख ५९ हजार ५ सय १६ जना संक्रमित भएका छन्।
फ्रान्समा ३ लाख ३३ हजार ८ सय ७ जनामा कोरोना भाइरसको परीक्षण गरिएकोमा १ लाख ३६ हजार ७ सय ७९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जर्मनीमा १३ लाख १७ हजार ८ सय ८७ जना मानिसमा कोरोना भाइरसको परीक्षण हुँदा १ लाख ३० हजार ७२ संक्रमित भेटिएका छन्।
युकेमा ३ लाख ६७ हजार ६ सय ६७ जना मानिसलाई परीक्षण गर्दा ८८ हजार ६ सय २१ जना संक्रमित भेटिएका छन्।
इरानमा २ लाख ७५ हजार ४ सय २७ जनामा कोरोनाको परीक्षण गर्दा ७३ हजार ३ सय ३ मा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
टर्कीमा ४ लाख १० हजार ५ सय ५६ जनामा कोरोना परीक्षण गरिएकोमा ६१ हजार ४९ जना संक्रमित भएका छन्।
बेल्जियममा १ लाख २ हजार १ सय ५१ जना मानिसमा कोरोना भाइरस परीक्षण गरिएकोमा ३० हजार ५ सय ८९ जना कोरोना भाइरस संक्रमित भएका छन्।
नेदरल्याण्डसमा १ लाख १५ हजार ९ सय ९२ जनामा कोरोना भाइरस परीक्षण गरिएकोमा २६ हजार ५ सय ५१ जना मानिस संक्रमित भएका छन्।
स्विजरल्याण्डमा १ लाख ९३ हजार ८ सय कोरोना परीक्षण गरिएकोमा २५ हजार ६ सय ८८ जना संक्रमित भएका छन्।
क्यानाडामा ४ लाख ३७ हजार ४ सय ७५ जना मानिसमा कोरोना परीक्षण गरिएकोमा २५ हजार ६ सय ८० मा संक्रमण देखिएको छ।
ब्राजिलमा ६२ हजार मानिसमा परीक्षण गरिएकोमा २३ हजार ७ सय २३ जना संक्रमित भएका छन्।
रसियामा १४ लाख मानिसमा परीक्षण गरिएकोमा २१ हजार १ सय २ जना संक्रमित भएका छन्।
भारतमा २ लाख ६ हजार २ सय १२ जनामा परीक्षण गरिएकोमा १० हजार ५ सय ४१ जना संक्रमित भएका छन्।
नेपालमा ५ हजार ६ सय ९१ जनामा परीक्षण गरिएकोमा १६ जना संक्रमित भेटिएका छन्।
पाकिस्तानमा ६९ हजार ९ सय २८ जनामा परीक्षण गरिएकोमा ५ हजार ७ सय १६ जना संक्रमित भएका छन्।