काठमाडौं – कोरोना संक्रमणबाट अमेरिकमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ।
नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्म अमेरिकामा मुत्यु हुनेको संख्या २६ हजार ४७ पुगेको हो। अमेरिकामा २४ घन्टामा २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा विश्वभर ६ हजारभन्दा बढी मानिसको मृत्य भएको तथ्यांक रहेको छ। योसँगै जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा हालसम्म मृत्यु हुनेको संख्या १ लाख २६ हजार ५ सय ३९ पुगेको छ।
इटालीमा मुत्यु हुनेको संख्या २१ हजार ६४ पुगेको छ। स्पेनमा १८ हजार २ सय ५५ पुगेको छ। त्यस्तै फ्रान्समा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ। युकेमा मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ।
विश्वमा २४ घन्टामा ७४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै विश्वमा संक्रमितको संख्या १९ लाख ७९ हजार ४ सय ७७ पुगेको छ। अमेरिकामा २४ घन्टामा २६ हजार मानिस संक्रमित भएका थिए। योसँगै अमेरिकामा संक्रमितको संख्या ६ लाख ८ हजार ३ सय ७७ पुगेको छ।
स्पेनमा १ लाख ७४ हजार ६० जना संक्रमित भएका छन्। इटालीमा १ लाख ६२ हजार ४ सय ८८ जना संक्रमित भएका छन्। जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भएका छन्। फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१ जना संक्रमित भएका छन्।
विश्वभर ४ लाख ७८ हजार ४ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन्।
सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति?
भारतमा २४ घन्टामा ३५ जनाको ज्यान गएको छ भने १ हजार ३४ जना नयाँ बिरामी थपिएका छन्। योसँगै भारतमा संक्रमित संख्या ११ हजार ४ सय ४८ पुगेको छ। ३ सय ९३ जनाको ज्यान गइसकेको छ।
पाकिस्तानमा मंगलबार ३ जनाको ज्यान गएको छ भने ३ सय ४१ जना नयाँ बिरामी थपिएका छन् । योसँगै पाकिस्तानमा मृतकको संख्या ९६ पुगेको छ। पाकिस्तानमा ५ हजार ८ सय ३७ जना संक्रमित भएका छन्।
अफगानिस्तानमा मंगलबार २ जनाको मृत्यु भएको छ भने ४९ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै अफगानिस्तानमा मृतकको संख्या २३ पुगेको छ। ७ सय १४ जनामा कोरोना संक्रमण भएको छ।
बंगलादेशमा मंगलबार ७ जनाको मृत्यु भएको छ भने २ सय ९ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै बंगलादेशमा मृतकको संख्या ४६ पुगेको छ। १ हजार १२ जना संक्रमित भएका छन्।
श्रीलंकमा १६ जना नयाँ बिरामी थपिएका छन्। योसँगै श्रीलंकमा संक्रमितको संख्या २ सय ३३ पुगेको छ। श्रीलंकमा ७ जनाको मृत्यु भएको छ।
माल्दिभ्समा संक्रमितको संख्या २० पुगेको छ। १६ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा मंगलबार २ जना बिरामी संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।