काठमाडौं- स्वदेशी औषधि उत्पादकहरुले महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंलाई स्वदेशमा उत्पादित स्यानिटाइटर हस्तान्तरण गरेका छन्।
उक्त स्यानिटाइजर महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक हजार ५०० जना कर्मचारीहरुलाइ पुग्ने बताइएको छ।
नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल, महासचिव विप्लव अधिकारी र निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहालले संयुक्त रुपमा महानगरीय ट्राफिक प्रमुख भिम ढकाललाई स्यानिटाइजर हस्तान्तरण गरेका थिए।
संघका महासचिव विप्लब अधिकारीले दिन रात जनताको सुरक्षामा खटिएका सम्पुर्ण सुरक्षाकर्मीलाई यस समयमा सुरक्षित राख्नु हामी सबैको कर्तब्य हो भन्ने अभिप्रायले यो कार्यक्रम गरिएको बताए।
उक्त स्यानिटाइजर एमडिएच फार्मास्युटिकल र रोडोडेंड्रोन फार्माले उपलब्ध गराएका हुन्।
नेपाली औषधि उत्पादकलाई स्यानेटाइजर बनाउन औषधि व्यवस्था विभागले अनुमति दिएसंगै झण्डै २० वटा स्वदेशी उद्योगले स्यानिटाइजर उत्पादन गरि रहेका छन। कतिपय उत्पादकले नि:शुल्क रुपमा पनि विभिन्न निकायमा उपलब्ध गराइरहेका छन्।