काठमाडौं– संसारभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ।
नेपाली समय अनुसार बुधबार बेलुका ८ बजेसम्म संक्रमितको संख्या २० लाख ९ सय ८४ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ६ लाख ९ हजार ६ सय ८५ पुगेको छ।
स्पेनमा १ लाख ७७ हजार ६ सय ३३ जना संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ। जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भएका छन्।
फ्रान्समा १ लाख ३१ हजा ३ सय ६२ जना संक्रमित भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा १ लाख २८ हजार ७१ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा २६ हजार १ सय १२ जनाको मृत्यु भइसकेको छ।
इटालीमा मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको छ।
स्पेनमा १८ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ। फ्रान्समा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ।
युकेमा मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ।
तथ्यांक अनुसार हालसम्म ४ लाख ९२ हजार ४ सय ८२ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
निको भएर घर फर्किने कुन देशमा कति?
चीनमा निको भएर घर फर्किनेको संख्या ७७ हजार ८ सय १६ पुगेको छ।
जर्मनीमा ७२ हजार ६ सय जना निको भएर घर फर्किसकेका छन्।
स्पेनमा ७० हजार ८ सय ५३ जना निको भएर घर फर्किसकेका छन्।
इरानमा ४९ हजार ९ सय ३३ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा ३८ हजार ८ सय ७९ जना निको भएर घर फर्किसकेका छन्।
इटालीमा ३७ हजार १ सय ३० जना निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा २८ हजार ८ सय ५ जना मानिस निको भएर घर फर्किसकका छन्।
स्विजरल्याण्डमा १४ हजार ७ सय जना निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा १४ हजार २६ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अस्ट्रियामा ८ हजार ९८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
क्यानाडामा ८ हजार २ सय ३५ जना मानिस निको भएर घर फर्किसकेका छन्।
बेल्जियममा ७ हजार १ सय ७ जना मानिस निको भएर घर फर्किसकेका छन्।