काठमाडौं- भारतमा २४ घन्टामा २९ जनाको ज्यान गएको छ भने ८ सय ८३ जना नयाँ बिरामी थपिएका छन्। योसँगै भारतमा संक्रमित संख्या १२ हजार ३ सय ७० पुगेको छ। १ हजार ५ सय ८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा बुधबार १५ जनाको मृत्यु भएको छ भने ५ सय ४६ जना नयाँ बिरामी थपिएका छन्। यो सँगै पाकिस्तानमा मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ भने ६ हजार ३ सय ८३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ हजार ४ सय ४६ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अफगानिस्तानमा बुधबार २ जनाको मृत्यु भएको छ भने ७० जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै अफगानिस्तानमा मृतकको संख्या २५ पुगेको छ। ७ सय ८४ जनामा कोरोना संक्रमण भएको छ। ४३ जना निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा बुधबार ४ जनाको मृत्यु भएको छ भने २ सय १९ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै बंगलादेशमा मृतकको संख्या ५० पुगेको छ। बंगलादेशमा १ हजार २ सय ३१ जना संक्रमित रहेका छन्। ४९ जना निको भएर घर फर्किसकेका छन्।
श्रीलंकमा ५ जना नयाँ बिरामी थपिएका छन्। योसँगै श्रीलंकमा संक्रमितको संख्या २ सय ३८ पुगेको छ। श्रीलंकमा ७ जनाको मृत्यु भएको छ। ६३ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा बुधबार दुई जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या २२ पुगेको छ। १६ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या १६ पुगेको छ। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
विश्वभर कोरोना संक्रमितको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ६ लाख ३६ हजार ३ सय ५० जनालाई संक्रमण पुष्टि भइकेको छ। त्यस्तै, स्पेनमा १ लाख ७७ हजार ६ सय ४४, इटालीमा १ लाख ६५ हजार १ सय ५५, जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३, फ्रान्समा १ लाख ३४ ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १ लाख ३४ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अमेरिकामा बढी छन्। त्यहाँ २४ हजार ४ सय २९ जनाको मृत्यु भइसकेको छ।