काठमाडौं - सरकारी चिकित्सक संघले (गोदान) ले त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेको छ।
बिना अपराध प्रहरीले गएराति चिकित्सकमाथि लाठीजार्च गरेको भन्दै संघले दोषि प्रहरी माथि कारबाहीको माग गरेको हो।
गोदानका प्रतिनिधिले बिहिबार स्वास्थ्य सचिव यादव कोइरालाको ध्यानाकर्षण समेत गराएका छन्। सचिव कोइरालाले दोषि प्रहरीलाई गृह मन्त्रालयसँग समन्वय गरी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।
अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेको डाक्टरले बताएका छन्।