काठमाडौं- कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ लाख १६ हजार नाघेको छ।
नेपाली समय अनुसार दिउसो तीन बजेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ लाख १६ हजार ६ सय ७५ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर संक्रमितको संख्या २० लाख ६९ हजार ८ सय १९ पुगेको छ।
अमेरिकामा ६ लाख ३९ हजार ६ सय ६४ जना संक्रमित भएका छन्। स्पेनमा संक्रमितको संख्या १ लाख ८० हजार ६ सय ५९ पुगेको छ।
इटालीमा १ लाख ६५ हजार १ सय ५५ जना संक्रमित भएका छन्।
जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३ जना मानिस संक्रमित भएका छन्। फ्रान्समा संक्रमितको संख्या १ लाख ३४ हजार ५ सय ८२ पुगेको छ।
विश्वमा १ लाख ३७ हजार १ सय ९३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ।
अमेरिकामा २८ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ। इटालीमा मृत्यु हुनेको संख्या २१ हजार ६ सय ४५ पुगेको छ। स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार ८ सय १२ पुगेको छ।
फ्रान्समा १७ हजार १ सय ६७ जना मानिसको मृत्यु भएको छ।
एसियाका कुन देशमा कति संक्रमित?
चीनमा ८२ हजार ३ सय ४१ जना संक्रमित भएका छन्। ३ हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ।
इरानमा ७६ हजार ३ सय ८९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ४ हजार ७ सय ७७ जनाको मृत्यु भइसको छ।
टर्कीमा ६९ हजार ३ सय ९१ जना मानिस संक्रमित भएका छन्। १ हजार ५ सय १८ जनाको मृत्यु भएको छ।
इजरायलमा संक्रमितको संख्या १२ हजार ५ सय ९१ पुगेको छ। १ सय ४० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ। भातरमा मृत्यु हुनेको संख्या ४ सय २३ पुगेको छ।
दक्षिण कोरियामा १० हजार ६ सय २६ जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या २ य २९ पुगेको छ। जापानमा ८ हजार ६ सय २६ जना मानिस संक्रमित भएका छन्। १ सय ७८ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा ६ हजार ५ सय ५ जना मानिस संक्रमित भएका छन्। १ सय २४ जनाको मृत्यु भएको छ।
साउदी अरबमा ५ हजार ८ सय ६२ जना संक्रमित भएका छन्। ७९ जनाको मृत्यु भएको छ।
फिलिपिन्समा ५ हजार ६ सय ६० जना मानिस संक्रमित भएका छन्। ३ सय ६२ जनाको मृत्यु भएको छ।
इन्डोनेसियामा ५ हजार ५ सय १६ जना संक्रमित भएका छन्। ४ सय ९८ जनाको मृत्यु भएको छ।
त्यस्तै युएइमा ५ हजार ३ सय ६५ जना मानिस संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
मलेसियामा ५ हजार ७२ जना संक्रमित भएका छन् भने ८३ जनाको मृत्यु भएको छ।
नेपालमा १६ जना संक्रमित भएका छन् एक जना निको भएर घर फर्किसकेका छन्।