काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मी माथि भएका हातपात तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कोरोना संक्रमणको उपचामा खटिएका स्वास्थ्यकर्मी माथि विभिन्न बहानामा हातपात र दुर्व्यवहार भएको भन्दै संघले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको हो।
संघले धरानको विष्णुपादुका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी चन्द्र प्रकाश खनाल माथि कुटपिट गर्ने प्रहरीको कारबाहीको माग गरेको । यो समयमा स्वास्थ्यकर्मीका लागि काम गर्ने उपयुक्त वातारण बनाईदिन संघले सरकारसँग आग्रह समेत गरेको छ।