काठमाडौं– सार्क देशमा सबैभन्दा बढी मानिस भारतमा संक्रमित भएका छन्। भातरमा २४ घण्टामा १ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ। ४ सय ४८ जनाको मृत्यु भएको छ। १ हजार ७ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९ सय १९ पुगेको छ। १ सय २८ जनाको मृत्यु भएको छ। १ हजार ६ सय ४५ जना निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा एकै दिनमा १७ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन्।
बंगलादेशमा १ हजार ५ सय ७२ जना मानिस संक्रमित भएका छन्। ६० जनाको मृत्यु भएको छ। ४९ जना निको भएर घर फर्किसकेका छन्। बंगलादेशमा एकै दिनमा १० जनाको मृत्यु भएको छ भन् ३ सय भन्दाबढी मानिस संक्रमित भएका छन्।
अफगानिस्तानमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ। ३० जनाको मृत्यु भएको छ। ४ जना मानिस निको भएर घर फर्किसकेका छन्। एकै दिनमा अफ्गानिस्तानमा ५ जनाको मृत्यु भएको छ भने ५६ जना संक्रमित भएका छन्।
श्रीलंकमा २ सय ३८ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा संक्रमितको संख्या २५ पुगेको छ। नको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।
भुटानमा ५ जना संक्रमित भएका छन्। २ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा संक्रमितको संख्या १६ पुगेको छ। एक जना निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यंक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ४४ हजार ४७ पुगेको छ।
अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुने संख्या ३४ हजार भन्दा बढी रहेको छ। २४ घण्टामा अमेरिकामा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।
विश्वमा २४ घण्टामा २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। विश्वमा २१ लाख ५७ हजार १ सय ८ जना संक्रमित भएका छन्। ६ देशमा १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन्।
अमेरिकामा ६ लाख ७० हजार ३ सय ५३ जना मानिस संक्रमित भएका छन्। अमेरिकामा २४ घण्टामा २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।
स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना मानिस संक्रमित भएका छन्। त्यस्तै इटालीमा १ लाख ६८ हजार ९ सय ४१ जना संक्रमित भएका छन्। फ्रान्समा १ लाख ४७ हजार जना संक्रमित भएका छन्। जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८ जना मानिस संक्रमित भएका छन्। युकेमा १ लाख ४ हजार १ सय ४६ जना मानिस संक्रमित भएका छन्।
शुक्रबार बिहानसम्म ५ लाख ४३ हजार ५ सय १९ जना मानिस निको भएर घर फर्किसकेका छन्।