काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदमा कोभिड-१९ संक्रमणको रोकथाम, व्यवस्थापन, उपचार लगायतका विषयमा संसदमा जानकारी दिएका छन्। उनले नेपालमा हालसम्म प्राप्त भएको खोपको संख्या, आगामी दिनमा आउने खोपको विवरण, परीक्षण, उपचारका क्रममा भइरहेका प्रयास लगायतका विषयमा जानकारी दिएका छन्।
यस्तो छ संसदमा राज्यमन्त्री श्रेष्ठले दिएको जानकारी
कोभिड -१९ को हिजोका मितिसम्मको तथ्यांक
नेपालमा हालसम्म करिब ३७ लाख १८ हजार ३०३ जनाको पी सी आर बिधि बाट परिक्षण भएको छ।
हालसम्म ७ लाख २३ हजार २९६ सङ्क्रमित पी सी आर बिधि बाट पत्ता लागेका जसमध्ये ९३.३३ प्रतिशत अर्थात् ६ लाख ७५ हजार ८३ जना निको भैसकेका छन् ।
हाल देशभरका पी सी आर ९६ बटा प्रयोगशालाबाट गरिन्छ जसमध्ये ५८ वटा सरकारी रहेको र लक्षण देखिएका बिरामीको सरकारी प्रयोगशालामा निशुल्क परिक्षणको ब्यबस्था मिलाइएको छ ।
१६ लाख एन्टीजेन किट स्थानीय तहमा रोग निदानका लागि परिक्षण गर्न सबै ७५३ पालिकामा वितरण गरिएको र कन्ट्याक्ट ट्रेसिंग तथा जोखिम क्षेत्रमा प्रयोग भैरहेको छ ।
हालसम्म ३ लाख ७५ हजार ३९९ जानाको एन्टिजेन बिधि बाट परिक्षण भएको छ र यसबाट हालसम्म ७२ हजार ९५ जना संक्रमित पत्ता लागेका छन्
दुवै थरि टेस्टबाट कुल ७ लाख ९५ हजार ३९१ जनामा सङ्क्रमण पुस्टि भएको छ ।
हालसम्म कुल जनसंख्याको १३% को परीक्षण भएको ।
हालसम्म कुल जनसंख्याको २.६% संक्रमित भएको ।
औषत पोजिटिभ प्रतिशत : १९.४ %
हाल देशभर सकृय संक्रमित : ३८,०३३ रहेका छन् ।
मृत्यु दर :१. ५ % (हिजोका मितिसम्म १०,१८० दुखद निधन भएको तथ्यांक छ )
गत हप्ताको तुलनामा यस हफ्तामा : ६% ले केस बढेको छ ।
हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु : १९ पुगेका छन् ।
आगामी ५ महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने , करिब ३८ हजारलार्इ अस्पतालमा भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपणअनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।
खोप सम्बन्धी जानकारी :
खोप आपूर्तिको अवस्था
हालसम्म प्राप्त भैसकेको : १ करोड ८ लाख ६० हजार १७० मात्रा
प्रक्रियामा रहेको खोप : ३ करोड ३६ लाख ७१ हजार ९५० मात्रा
जसमध्ये :
असोज मसान्त सम्म : १ करोड २ लाख प्राप्त हुने
माघ सम्ममा ३ करोड २३ लाख थप प्राप्त हुने
माघसम्म जम्मा आपूर्ति हुने अनुमान : ५ करोड २२ लाख डोज खोप
खोप लगाएको जानकारी :
हालसम्म पहिलो मात्रा खोप लगाएका : ४५ लाख ७० हजार ५५३ ( कुल जनसंख्याको १५.०५% ले)
पूर्ण मात्रामा खोप लगाएका : २८ लाख ८८ हजार ३६० ( कुलजनसंख्याको ९.५१%ले)
खोप मौज्दात र चल्दै गरेको जानकारी :
प्रदेश र जिल्लामा रहेको खोप :
भेरो सेल करिब ९ लाख मात्रा
एस्ट्राजेनिका ११ लाख ५० हजार मात्रा
ज्यानसन मात्रामा २१ हजार मात्रा
जम्मा २० लाख ७१ हजार मात्रा (जुन जिल्ला र स्थानीय तहले योजना बनाएर चलाइरहेका छन्)
केन्द्रिय भण्डारणमा हाल रहेको मौज्दात खोप जुन क्रमशः वितरण गरिने योजना :
एस्ट्राजेनिकाः १ लाख ६१ हजार मात्रा
ज्यानसनः १२ हजार मात्रा
कुल जम्माः १ लाख ७३ हजार मात्रा वितरण को क्रम मा रहेको छ
उपचारात्मक सेवा बिस्तारमा प्रयास
आइ.सी.यु. बेड संख्या २६०० रहेकोमा ४०० थप गरी ३००० पुर्याइएको र ६३० थप गर्ने प्रक्रियामा छ,
भेन्टिलेटरको संख्या ९०० पुर्याइएको छ भने १८० थप गर्ने प्रक्रियामा रहेको,
सरकारी अस्पतालहरूमा हाइ डिपेन्डेन्सी युनिट(HDU) बेड संख्या २०७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको छ। १४०० थप्ने क्रममा रहेको
तेस्रो लहरमा बालबालिका संक्रमित हुने तथ्यलाई मध्यनजर गरी सरकारी तबरबाट १८० Ventilator सहितको २७५ ICU बेड थप्ने प्रकृयामा रहेको साथै निजि क्षेत्र बिशेष गरी बैंक तथा वित्तीय संस्थाहरुबाट देशभर १६६ बेडको HDU र PICU बाल सघन उपचार कक्षको निर्माण र सुची फाउन्ड़ेसन् र हिकाफ-३६० भन्ने संस्थामार्फत २६५ बटा भेन्टिलेटर थप हुँदै छन् साथै प्राविधिक जनशक्ति तालिमका लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले काम गरिरहेको छ । यसका अतिरिक्त कोभिड १९ महामारी शुरू भएदेखि नै उपचारका लागि अस्पताल जान धक मान्नुपर्ने अवस्था अन्त्य गरी सुरक्षित, भरपर्दो र प्रभावकारी ढङ्गले नन कोभिड उपचार सेवालार्इ निरन्तरता दिने व्यवस्था मिलाइएको छ ।
अक्सिजन व्यवस्थापन
• अक्सिजन आपुर्ति व्यवस्थालाई सुदृढ गर्न:
• ६००० अक्सिजन सिलिण्डर थप भइ सकेको छ।
• ५५०० अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था भइसकेको र थप ३५०० आउने क्रममा रहेका छन्।
• २७ वटा लिक्विड अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको कार्य सम्पन्न भइसकेको, ४ वटाको प्रकृया सुरू भएको र १० वटाको सूचना प्रकाशित गरिएको अवस्था छ,
• विगतमा प्रति हप्ता १५ मेट्रिक टन अक्सिजन आपुर्ति हुने गरेकोमा हाल १२० मेट्रिक टन आपुर्ति भइरहेको छ,
• ७७ वटै जिल्ला र १९ वटा ठूला अस्पतालहरूमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोत सुनिश्चितता गरिएको (५ वटा स्थापना भैसकेको) । भाद्र महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ।
खोपसम्बन्धमा आगामी कार्ययोजना छोटकरीमा
अबको खोप कार्यक्रम हुँदा काठमाडौँ र तराईका बढी जनघनत्व भएका सहर र बिद्यार्थी तथा युवाहरुलार्इ प्राथमिकतामा खोप दिने योजना रहेको छ ।
खोपकेन्द्र बढाइएको छ।
विदेश जानेहरूलार्इ भ्याक्सीन लगाएको QR Code प्रमाणपत्र दिन शुरू गरिएको छ तर यसलार्इ अझ छिटो, छरितो ढङ्गले स्तरीय बनाउन पहल भैरहेको छ ।
खोपको अवस्था बुझ्न र मन्त्रालयलार्इ नियमित प्रतिवेदन गर्न सातै प्रदेशमा संयोजक तोकिएको छ ।
सिमा क्षेत्र लगायत ठूला सहरहरू जहाँ बढी आर्थिक क्रियाकलाप हुन्छ त्यहा खोप दिने तयारी भर्इरहेको छ
अग्रभागमा रहेर काम गर्नेहरूलार्इ प्राथमिकतामा राखी खोप उपलब्ध गराइने छ ।
बिश्व बिद्यालयाका परिक्षा दिने विद्यार्थीलार्इ प्रवेश पत्र को आधारमा खोप दिने व्यवस्था सुरु गरि सकेको छौ।
स्वास्थ्यमा सुधार ल्याउन र खोपलार्इ अझ व्यवस्थित गर्न उच्चस्तरीय सयन्त्र गठनका लागि कार्य अगाडि बढाइएको छ ।
खोप योजना र खरिद योजना तयार गर्ने कार्य भैसकेको छ ।
विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खोप लगाउने व्यवस्थाको तयारी कार्य भैरहेको छ ।
गाउँस्तरीय र नगरस्तरीय खोप व्यवस्थापनको लागि स्वयंसेवक सेविका परिचालन गर्ने योजना रहेको छ ।
१८ देखि ३० वर्षका विद्यार्थीहरूका लागि खोप दिने योजना रहेको छ ।
कोभिड रोग लागेका बिरामीहरूलार्इ अक्सिजनवापतको रकम निशुल्कः गर्ने योजना रहेको छ ।
युनिफाइड कोभिड अस्पताल विर अस्पतालमा १०० वेडको ICU र १०० वेड HDU सञ्चालन गर्ने गरी कार्य अगाडि बढार्इसकिएको छ ।
रेष्टुराँ/होटल मजदुर, उद्योगि, व्यवसायी, औषधि पसल, शिक्षक, चालक, कण्डक्टरहरूलार्इ प्राथमिकता दिइने गरी कार्य योजना ल्याइनेछ ।