युकेको दी रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग जस्तो विश्वकै प्रतिष्ठित संस्थाले प्रदान गरेको तीन हजार पाउण्ड स्टर्लिंग धनराशी (नेपाली रु. ४,५१,०००) बराबरको पुरस्कार हात पार्न सफल हाम्रो आत्मिय मित्र सामना ओलीलाई हार्दिक बधाई तथा शुभकामना । दी रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग र ग्लोबल सर्जरी फाउन्डेशनको सयुक्त निर्णय मार्फत प्रदान गरिने यो ग्रान्टको बिजेता नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थाकी पाचौँ वर्षमा एमबीबीएस अध्ययनरत छात्रा सामना भएको खबर उक्त कलेजको अफिसियल ट्विटर ह्यान्डल मार्फत मे ३१ मा सार्वजनिक गरिएको थियो।
“फर्स्ट एड नेपाल” नामक प्रोजेक्ट उक्त कार्यक्रममा प्रस्तुत गरेकी सामनाले पाएको रकमले पूर्वी मधेसमा रहेका केही गाउँहरु लिई त्यहाँका करिब तीन सय परिवारलाई फर्स्ट एड किट प्रदान गर्ने र त्यसका साथसाथै करिब पाँच सय विद्यार्थीलाई सामान्य फर्स्ट एड तालिम दिने लक्ष्य लिएकी छिन विशेषगरी यो प्रोजेक्टमा सामेल भएर सघाउने र बिर्सन नै नहुने पात्रहरू - प्रा. डा. जयेन्द्र बज्राचार्य, डा.अमित श्रेष्ठ, डा. उदिप यादव, नेपाली सेना स्वास्थ्य बिज्ञान सस्थांका राहुल यादव, समुन्द्र गुरुंग, ओशन श्रेष्ठ, सुशान्त पौडेल र मणिपाल मेडिकल कलेजकी दीपा खनाल हुन। प्रोजेक्टले समेट्ने गाउँहरुको चयन राहुल यादवले गरेका छन भने सो प्रोजेक्टमा हुने तालिमलाई अझै सहजिकरण गर्न र स्थानिय जनमानससम्म पुर्याउनलाई तालिमका केही अशं डा. उदिप यादव र राहुल यादवद्वारा मैथिली भाषामै सचांलन गरिनेछ।
एमबीबीएस र बिडिएस पढ्ने सामन्य मेडिकल विद्यार्थी देखी लिएर बिषेशज्ञ सम्मले भाग लिने पाउने यो कार्यक्रम मार्फत सम्भवतः यो पुरस्कार पाउने पैलो नेपाली सामना नै होलिन भन्ने कुरोमा दुई मत छैन फेब्रुअरी २०२२ मा ग्रान्टको लागी प्रतिवेदन बुझाई अप्रिलमा युकेमा हुने निर्णयको नतिजा 'मे'मा प्रकाशित हुने यो ग्रान्टको प्रकृया लामो नै छ । निक्कै कठिन असफलताहरू पार गरिसकेर पाएको यो सफलता ऐतिहासिक त छ नै, अप्रत्याशित र अभूतपूर्ण पनि छ। प्रोजेक्टको शिलशिला कहाँ सजीलो थियो र? यसअघि एक प्रोजेक्टका निम्ती ७२ दिन सम्मका पेपर वर्कबाट फ़ाइनल भइसकेर पनि टेक्निकल समस्या देखाएर आउट गरिदाँको समयमा समेत कत्ति पनि विचलित नभई फेरि नयाँ सुरुवात गरी त्यसलाई मुर्तरुप दिएकोमा सामनालाई फेरी पनि बधाई छ।
अहिले सलग्न विद्यार्थीहरुको एमबीबीएस अन्तिम वर्षको बोर्ड परिक्षा आउन लागेको हुँदा प्रोजेक्टलाई यही आउने अक्टोबर महिनामा कार्यान्वयन गरिनेछ त्यतीन्जेलसम्म प्रोजेक्टका प्रारम्भिक तयारीहरु भने भईरहनेछन र प्रोजेक्ट सकिए पश्चात कलेज र फाउन्डेशनलाई सयुक्तं प्रतिबेदन बुझाइनेछ सो प्रोजेक्टको सुरुवात देखी यसमा लागेको मिहिनेत, प्रतिबद्धता र लगनशिलतालाई समिपबाट नियाल्न पाउदाँ र यसको एक अशं आफु पनि हुन पाउँदा हर्षित महसुस गरिरहेछु ।
(खड्का एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्)