काठमाडौं- कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दोस्रो नम्बरमा छन्।
श्रेष्ठले अहिलेसम्म १६ हजार २५५ मत ल्याएकी छन् भने चौधरीले ९ हजार ७९२ मत ल्याएका छन्।
त्यस्तै, नेकपा एमालेका तपेन्द्रबहादुर रावल ३ हजार ५११ मत सहित तेस्रो नम्बरमा छन्।