सामान्यत दातको वरपरको मासुलाई गिँजा भनिन्छ । आझभोलि गिँजाबाट रगत आउने समस्या धेरैनै देखिएको छ । २०२२ मा गरिएको नर्वे अनुसन्धानका अनुसार ३० वर्ष भित्र का मनिषहरुमा ५ मध्य ४ लाई गिजा बाट रगत आउने समस्या देखिएको छ ।
किन आउँछ गिँजाबाट रगत ?
१.नियमित दाँत सफा नगर्नु
हाम्रो मुखामा धेरै किसिमका जिवाणु हुन्छन्। जसमध्य प्रोफाइनोमस इन्डोडेन्टल्स, ट्रेपोनेमा डेन्टिकोला र फ्रेटिब्याक्टेरियम एसपीपीहरू गिँजा सम्बन्धी रोगमा धेरै पाइएको छ। दाँत सफा नगर्दा यस्ता जिवाणुहरु सक्रिय हुने गर्छन्। जसले गर्दा गिँजा सुन्निने गर्छ र रगत आउने समस्या देखिन्छ।
२. कडा ब्रस र धेरै बलको प्रयोग
मीले ब्रस त गर्छौं तर कस्तो ब्रस प्रयोग गर्नुपर्छ ख्याल गर्दैनौं। गिँजाको छाला पातलो हुने भएकोले कडा ब्रस र धेरै बल प्रयोग गर्दा गिँजाको छालामा घाउ हुने र रगत आउने समस्या देखिन सक्छ।
३.आहारमा भिटामिनको कमी
हामीले खाने आहारमा सही मात्रामा भिटामिन नपुग्दा यसको कमीले आउने गिँजा सम्बन्धी समस्या निम्तिने गर्छ ।
४. वंशाणुगत रोग
शरीमा हुने वंशाणुगत रोग जस्तै हेमोफिलिया , वन विलब्रान्ड डिजिज दिले पनि गिँजाबाट रगत आउने समस्या निम्ताउन सक्छ ।
५. नियमित औषधी सेवन
मुटुका बिरामीलाई रगत पातलो गराउन प्रयोग हुने औषधि सेवनले गर्दा गिँजाबाट रगत आउने समस्या देखिन सक्छ ।
रोकथामका उपाय
१. मौखिक स्वास्थ्यमा ध्यान
स्वस् मुख ,स्वस्थ स शरीर। त्यसैले खाना खाएपछि नियमित ब्रस गर्ने बनि बसाल्नुपर्छ । दुई दाँतको बीचको फोर सफा गर्न डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ।
२.नरम ब्रस र सही मात्रामा बल प्रयोग
ब्रस गर्दा नरम ब्रस प्रयोग गर्ने गर्नुपर्छ। ब्रसको माथिल्लो भागलाई ब्रसिङ सरफेस भनिन्छ । ब्रस गर्दा यो भाग आधि दाँत र आधि गिँजामा पर्ने गरेर राख्नु पर्छ ।ब्रस गर्ने भन्दैमा धेरै बल र समय नलगाउने ।
३. गिँजाको मसाज
धेरैलाई गिँजाको मसाज बारे थान नहुन सक्छ । ब्रस गरेपछि सफा औंलाले गिँजालाई मसाज गर्न सकिन्छ । यसोगर्दा गिँजामा रगत को प्रवाह बढ्छ र रगत आउने समस्या कम हुँदै जान्छ ।
४. भिटामिनको प्रयोग
भिटामिन सि र के बढी मात्रामा पाइने खाने कुराहरुको सेवन गर्ने
५. डेन्टल चेकअप
६ महिनामा एकचोटी आफ्नो दाँत सफा गर्न डेन्टल भिजिट गर्ने ।
६ चिकित्सकको सलाह
शरीरमा कुनै वंसाणुगत रोग भए/नभएको, आफूले खाने औषधिले गर्दा गिँजाबाट रगत आएको बारे जानकारी लिन चिकित्सकलाई देखाउनुपर्छ।