मानवसभ्यताको विकास सगं-सँगै रोगो उपचारविधिहरू मा पनि निरन्तर परिवर्तन हुँदै आएको छ। प्राचीनकालदेखि नै मानिसले रोगको कारण बुझ्ने, त्यसलाई हटाउने र स्वास्थ्यलाई पुनःस्थापित गर्ने प्रयास गर्दै आएको छ। तर आजको आधुनिक युगमा पनि एउटा गहिरो प्रश्न हाम्रो सामु उभिन्छ, “ के हामी रोगको उपचार गर्दैछौं कि रोगीको ?
सामान्यतया चिकित्सा विज्ञानमा धेरैजसो उपचार रोगको नाम, तिनका साईन र सिम्पटमस र तिनको कारणमा केन्द्रित हुन्छ। जस्तै- ज्वरो भयो भने ताप घटाउने औषधि, पेट दुख्यो भने दुखाइ कम गर्ने औषधि, एलर्जी भयो भने एन्टिहिस्टामिन, संक्रमण भयो भने एन्टिबायोटिक। यसरी रोगलाई लक्षित गरेर औषधि दिने परम्परा व्याप्त छ। तर यस्ता उपायले प्रायः रोगीलाई अस्थायी राहत मात्र दिन्छ, स्थायी स्वास्थ्य प्रदान गर्न सक्दैन। यसै सन्दर्भमा- एकीकृत चिकित्सा पद्धतिहरूले एउटा महत्त्वपूर्ण सिद्धान्त अघि सारेका छन्— “रोग होइन, रोगीको उपचार गर्नुपर्छ”।
* रोग र रोगीको अन्तर
रोग भन्नाले शरीर वा मनको सामान्य क्रियाकलाप मा आएको असामान्य अवस्था जनाइन्छ। तर रोगी भन्नाले त्यो असामान्य अवस्थाको अनुभव गर्ने, त्यससँग संघर्ष गर्ने व्यक्ति बुझिन्छ। एउटै रोग—जस्तै टाइफाइड, अस्थमा, वा माइग्रेन — दुई फरक मानिसमा फरक ढंगले प्रकट हुन सक्छ।
कसैलाई टाइफाइड हुँदा उच्च ज्वरोसँगै बेचैनी हुन्छ, तातो चाहन्छ, निरन्तर पानी पिउन खोज्छ। अर्को बिरामीलाई भने हल्का ज्वरो हुन्छ तर अत्यधिक कमजोरी, चुपचाप बस्ने बानी र तातो भन्दा चिसो चाहना देखिन्छ।
दुवैमा रोग एउटै भए पनि अनुभूति, प्रकृति र प्रतिक्रिया फरक हुन्छ। यही फरकले नै “रोग होइन, रोगीको उपचार” भन्ने विचारलाई वैज्ञानिक आधार दिन्छ।
आधुनिक चिकित्सामा रोग-केन्द्रित दृष्टिकोण
एलोपेथिक वा आधुनिक चिकित्साले रोगको निदान (पहिचान) मा जोड दिन्छ।
रक्त परीक्षण, एक्स-रे, एमआरआई, बायोप्सी आदिबाट रोग पहिचान गरिन्छ।
त्यसपछि त्यही रोगका लागि प्रमाणित औषधि बिरामीलाई दिइन्छ।
यस पद्धतिले आपत्कालीन अवस्थामा, शल्यक्रिया (सर्जरी) वा जीवनरक्षक उपचारमा ठूलो योगदान दिएको छ। तर दीर्घकालीन रोग (क्रोनिक डिजिज) जस्तै मधुमेह, उच्च रक्तचाप, थाईरायड, माइग्रेन, छाला रोग वा मानसिक विकारहरूमा— यस्तो दृष्टिकोण सीमित मात्र मा प्रभावकारी हुन्छ। बिरामी औषधिमा जीवनभर निर्भर रहनुपर्छ, तर रोग रुपले पूर्ण निको हुने सम्भावना कम हुन्छ।
* रोगी-केन्द्रित दृष्टिकोण
रोगी-केन्द्रित चिकित्सा भन्नाले व्यक्ति-विशेषलाई समष्टीगतरुपमा बुझेर उपचार गर्नु हो। यसमा शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षलाई समेत एकैसाथ ध्यान दिइन्छ।
१. व्यक्तिनिष्ठ लक्षण (सब्जेक्टिभ सिमप्टमस)
रोगीले अनुभूति गरेको पीडा, डर, असहजता।
निद्रा, भोक, तिर्खा, पसिना, स्वभाव, ईच्छा, अनिच्छा।
२. मानसिक अवस्था;
तनाव, क्रोध, निराशा, डर, अवसाद आदिले रोगलाई बढाउने वा कम गर्ने क्षमता राख्छ।
होम्योप्याथीमा विरामीको मानसिक लक्षणलाई औषधि छनोटको आधार मानिन्छ।
३. जीवनशैली र वातावरण;
खानपान, सरसफाइ, सामाजिक सम्बन्ध, पारिवारिक तनाव, पेशागत दबाब।
यी कारकहरू लाई सुधार नगरी औषधिले मात्र स्थायी उपचार दिन सक्दैन।
* होमियोप्याथीक दृष्टिकोण;
होमियोप्याथीले स्पष्ट भन्छ— “ट्रिट दि पेसेन्ट नोट दि डिजिज” अर्थात रोगको होईन रोगीको उपचार गर
यस पद्धतिमा रोगकोनाम मा कुनैऔषधी छैन, रोगको नामभन्दा बढी रोगीको व्यक्तिगत विशेषता ( ईन्डिविजिअलाइजेशन) मा जोड दिइन्छ।
उदाहरणका लागि;
दुईजना अस्थमा (दम्म) का बिरामी भए पनि एउटालाई चिसो हावामा समस्या बढ्छ, अर्कोलाई तातो कोठामा।
कसैलाई अस्थमा भएको बेला आत्तिने, छिटो रिसाउने बानी हुन्छ भने अर्को चुपचाप बस्छ, तर भित्री चिन्ता धेरै हुन्छ ।
यस्ता भिन्नताका आधारमा नै औषधि छनोट गरिन्छ।
* केही उदाहरणीय औषधिहरू;-
*आर्सेनिकएल्ब: असुरक्षा, बेचैनी, राति रोग बढ्ने, चिसोबाट बिग्रने।
*पल्साटिला: भावुक, सहयोग चाहने, खुला हावामा राम्रो हुने, तातो सहन नसक्ने।
*नक्सभोमिका: क्रोधी, चिडचिडे, कामको दबाब, असहिष्णुता।
*ईगनेशिया: दुःख, शोक, मानसिक आघातपछि देखिएको समस्या।
यी उपरोक्त औषधिहरू रोगको नामका लागि होइन, रोगीको सम्पूर्ण अवस्थाका लागि दिइन्छ।
* मनोवैज्ञानिक पक्ष
“रोग होइन, रोगी” भन्ने सिद्धान्त मनोविज्ञान सँग पनि मेल खान्छ।
धेरै रोगहरू तनाव, डर, निराशा वा दबिएका भावनाबाट उत्पन्न हुन्छन्।
हृदय रोग, मधुमेह, उच्च रक्तचाप, थायरायड, पेटका रोग, माइग्रेन- यी सबैमा मानसिक पक्ष महत्त्वपूर्ण हुन्छ।
उदाहरणका लागि;
कुनै व्यक्ति सदैव डरमा बाँच्दछ भने उसको रोग-प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ।
निराशा वा शोकमा परेको व्यक्तिमा पाचन तन्त्र बिग्रन्छ, निद्रा हराउँछ।
यसैले मनलाई स्वस्थ बनाउनु उपचारको आधार हो।
* व्यवहारिक उदाहरण;
१. मधुमेह
आधुनिक चिकित्सा : इन्सुलिन वा ट्याब्लेट दिईन्छ।
रोगी-केन्द्रित दृष्टिकोण : खानपानमा सुधार, तनाव व्यवस्थापन, नियमित व्यायाम, मानसिक समर्थन र रोगीको स्वभावअनुसार होमियोप्याथिक औषधि चयन गरिन्छ।
२. अवसाद (डिप्रेसन)
सामान्य उपचार : एन्टिडिप्रेसन्ट औषधि।
रोगी-केन्द्रित : जीवनको परिस्थिति बुझ्ने, रोगीको सोच र भावना अनुसार औषधि दिने, सल्लाह-मन्त्रणा गर्ने।
३. त्वचा रोग (एग्जिमा)
रोग-केन्द्रित : स्टेरोइड क्रिम वा एन्टिबायोटिक।
रोगी-केन्द्रित : रोगीको मानसिक तनाव, खानपान, शरीरको प्रतिक्रिया, स्वभाव अनुसारको औषधि।
* रोगी-केन्द्रित उपचारका लाभ।
दीर्घकालीन स्वास्थ्य : समस्या जरा समेत हटाउन सक्ने।
१, व्यक्तिगत सम्मान : रोगीलाई संपूर्ण व्यक्तिको रूपमा बुझ्ने।
२,साइड इफेक्ट कम : अनावश्यक औषधि प्रयोग नहुने।
३, मानसिक शान्ति : रोग मात्र होइन, रोगीको मन पनि उपचार हुने।
४, समग्र दृष्टिकोण : शरीर, मन र आत्माको सन्तुलन कायम।
* निष्कर्ष
“रोग होइन, रोगीको उपचार” भन्ने विचार केवल होमियोप्याथी चिकित्सा मा मात्र होइन, सबै चिकित्सा पद्धतिका लागिपनि मार्गदर्शक सिद्धान्त हुनुपर्छ। रोग शरीरमा देखिने लक्षणहरुको नाम मात्र हो, तर रोगी त्यस्ता लक्षणहरूको अनुभव गर्ने जीवित व्यक्तित्व हो। उपचार तबमात्र सफल हुन्छ जब हामी चिकित्सक रोगीलाई समष्टिगतरुपमा बुझ्छौं —उसको शरीर, मन, भावना, जीवनशैली र सामाजिक परिस्थिति। त्यसैले आधुनिक विज्ञान होस् वा परम्परागत चिकित्सा—सबैले अब रोगको नाममा मात्र होइन, रोगीको विशेषतामा पनि ध्यान दिनुपर्छ। यही दृष्टिकोणले स्वास्थ्यलाई स्थायित्व, जीवनलाई सन्तुलन र मानिसलाई वास्तविक सुख दिन सक्छ।
(डा. ललित कुमार मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।)