डिबी खड्का


पत्रकार खड्का स्वास्थ्यखबरका समाचार सम्पादक हुन्।

Facebook

Twitter 

समाचारहरु

पाइजामा लगाउँदा राणाको धम्की खानेदेखि आफ्नो रमाना पत्र आफैं लेख्ने डाक्टर द्वारिकानाथ रेग्मी

नक्साल नारायणचौरको पूर्वपट्टीको साँघुरो गल्लीमा रहेको घरमा नेपाली चिकित्साको वृहत अनुभवहरुको जिउँदो संग्रह छ। त्यही संग्रह हुन्, डा. द्वारिकानाथ रेग्मी। ८९ वर्षका डा. रेग्मीलाई कोही भेट्न  पुग्दा उनी स्वागतका लागि आफैं नारायणचौरसम्म निस्किन्छन्। यो उमेरसम्म पनि शारीरि...

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य : जाँदा स्वस्थ, फर्कंदा रोगी !

हरेक दिन कम्तिमा ३ जना वैदेशिक रोजगारीमा रहेका नेपालीको मृत्यु हुन्छ। तीमध्ये अधिकांसको विभिन्न रोगका कारण मृत्यु हुने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७४/०७५ को चैत मसान्तसम्म वैदेशिक रोजगारीमा गएका ६ सय ८ जनाको मृत्यु भएको छ।...

प्रधानमन्त्रीका चिकित्सकको चाहना– ब्राजिलसँगै कुनै नयाँ टिम फाइनलमा पुगोस्

विश्वकप फुटबल ‘फिवर’ विश्वभर नै उच्च छ । सवै भूगोल, वर्ग र पेशाकर्मी जस्तै चिकित्सकलाई पनि यसले छाडेको छैन । स्कुल, कलेज पढ्दा फुटबल हेर्ने रस पसेपछि त्यसलाई निरन्तरता दिने मध्येका एक हुन् डा दिलिप शर्मा। प्रधानमन्त्री केपी शर्मा ओलीका क्याबिनेट चिकित्सक, ने...

हो, खुसी हुनुहोस् देवकोटा परिवार!

सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ। तस्बिरमा वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटा आफ्नो पुर्ख्यौली घरको पिँढीमा सुस्ताइरहेका छन्। उनको वरिपरि खुसी जताइरहेका आफन्त देखिन्छन्। फोटो यही हो। तर, अधिकांसको टिप्पणी निर्मम छ। देवकोटा परिवारमाथि अनेक भाषा, शैली ...

‘हिउँदे डाक्टर’ उत्पादन गर्ने एउटा मेडिकल कलेज, जो बर्खामा फेरि बन्द छ

अब्बल डाक्टर बन्ने सपना बोकेर जानकी मेडिकल कलेज जनकपुर झरेको ६ महिना पूरा भएको छैन; आँखाभरि आक्रोश, मनभरि भविष्यको चिन्ता र दिमागभरि सन्देह लिएर काठमाडौं उक्लिएका छन् १४ विद्यार्थी। सँगै छन् उनीहरुका अभिभावक, जसले छोराछोरीको डाक्टर बन्ने सपना पूरा गर्न जीवनभर दुःख गर...

न्युरो सर्जन सोसाइटीले बनायो मानार्थ अध्यक्ष, डा देवकोटाले भने, ‘आइएम ह्याप्पी, बेस्ट अफ लक’

डा उपेन्द्र देवकोटालाई नेपालका न्युरो सर्जनहरुको छाता संगठन नेप्लिज सोसाइटी अफ न्युरोसर्जन्सले मानार्थ अध्यक्षबाट विभूषित गरेको छ। न्युरो अस्पतालको आइसियु उपचार गराइरहेका देवकोटालाई शनिवार बिहान भेटेर सोसाइटीले मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको हो। सोसाइटीक...

विलम्ब शुल्कमा विराट मेडिकल कलेजले असुल्यो ७३ प्रतिशत ब्याज, असुली नरोके सम्बन्धन खारेज गर्ने केयूको चेतावनी

विराट मेडिकल कलेज विराटनगरले विद्यार्थीसँग गैरकानुनी रुपमा रकम असुलिरहेको पाइएको छ। शुल्क बुझाउन विलम्ब हुने अवस्थामा कलेजले ७३ प्रतिशत ‘मिटर ब्याज’ असुलेको अभिभावकले गुनासो गरेका छन्।   जनवरी ३१ भित्र शुल्क नबुझाउनेसँग कलेजले प्रति ५० हजारमा ...

ब्रेन ट‍्युमर जितेर कला प्रवर्द्धनमा फर्किएकी संगीता भन्छिन्– कलाप्रेमका कारण रोग विरुद्ध लड्न सहज भएको छ

नेपाली कला र कलाकर्मीको प्रोत्साहन र प्रवर्द्धनमा चिन्तित रहने आर्ट क्युरेटर संगीता थापालाई दुई साताअघि सिंगापुरमा फरक खालको चिन्ताले छोप्यो। उनी त्यहाँको एक अस्पतालको शय्यामा ब्रेन ट्युमर विरुद्ध रेडियसन लिइरहेकी थिइन्। त्यो समय उनको मनमा आफ्नो जीवन तल–माथि होला कि...

डा बच्चुराम केसीको सम्झनामा दरवार हत्याकाण्डको त्यो रात, जसले तीन घाइतेको अप्रेशन गरे

नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका कार्यकारी निर्देशक डा. बच्चुराम केसीले नेपाली सेनामा रहेर सेवा गरेको ३४ वर्ष नाघिसक्यो । हाडजोर्नी विशेषज्ञ डा. केसीले सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालमा लामो समय बिताए । त्यहाँबाट २०७० सालमा उनी रिटायर्ड भएका हुन् । ...

राजा वीरेन्द्रका डाक्टर खगेन्द्रका केही सम्झना

डा खगेन्द्रबहादुर श्रेष्ठ उमेरले ८२ पूरा भइसके । अझै उनी सर्वसाधारणलाई चिकित्सकीय सेवा दिइरहेका छन् । तर, उनको पहिचान भने शाही चिकित्सकका रुपमा बनेको छ । उनी निकट सबैले उनलाई राजाकै डाक्टरमा रुपमा चिन्छन्। उनी दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका डाक्टर हुन्। वीरेन्द्र...

वीर चम्काउने कामले धुर्मुस बिरामी, रङ किन्ने ठाउँमै १९ लाख उधारो

सीताराम कट्टेल ‘धुर्मुस’को टन्सिल भएर बोली अधुरो निस्किन्छ। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका छन्। समयमै खाना–खाजा खान समेत सचेत गराएका छन्।  आइतबार अपराह्न ४ बजे अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। ...

सरकारका सय दिन : स्वास्थ्यमा दोहोरियो कर्मचारी ‘सरुवा’को प्रकोप

धेरै नेपालीको एउटा साझा बानी छ– रोग नलागी स्वास्थ्यको ख्यालै नगर्ने। नेपालको सरकारमा दीर्घ रोग छ– प्रकोपकै चपेटामा नपरी स्वास्थ्यको महत्व नबुझ्ने।  केपी ओली नेतृत्वको सरकारबाट क्रमभंगताको अपेक्षा थियो। अनगिन्ती जनअपेक्षाको चाङमाथि विराजमान ओली सरकार...

स्वास्थ्यमा सरकारको ‘कपी पेस्ट सपना’, सतही दृष्टिकोण

सरकारले सोमबारमात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जम्मा १०३ बुँदा रहेको नीतिमा स्वास्थ्य समेटिएका ६ बुँदा छन् ।  तिनलाई केलाएर हेर्ने हो भने नयाँपन पाउन मुस्किल छ । समृद्ध नेपाल स्वप्नदर्शी केपी ओली नेतृत्वको सरकारले ल्याएको पहिलो नीति ...

आइओएमका अब्बल उत्पादन

शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा पवनराज चालिसे धेरैको रोजाइमा पर्ने युरोलोजिस्ट हुन् । उनी नेपालमा औंलामा गन्न सकिने मिर्गौला प्रत्यारोपण विज्ञ सर्जनमा पर्छन् । युरो सर्जरीमा उनी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का ‘परीक्षण उत्पादन’ हुन् । परीक्षण उत्पा...

अस्पताल सेवामा कर्पोरेट लगानीको २५ वर्षः यसकारण आएको थियो चौधरीमा अस्पताल बनाउने सोच

वसन्त चौधरी व्यापारी घरानामा जन्मिए, तर कवि हृदय लिएर । दर्जनौं उद्योगका सञ्चालक उनी नाफाघाटाको जोडघटाउभन्दा बढी समय शब्दहरुको गठजोडमा बिताइरहेका हुन्छन् । उनका धेरै गीत गाइएका छन् । धेरै कविता प्रकाशित छन्।  आम्दानी हुने उनका केही अरु व्यवसाय पनि छन् । तर, ...

आइओएमलाई स्वायत्त बनाउन डा केसीको माग

प्रा डा गोविन्द केसीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई स्वायत्त बनाउने प्रक्रियामा लैजान माग गरेका छन्। त्रिविको आगामी सिनेट बैठक यही बैसाख २३ गतेका लागि तय गरिएको सन्दर्भमा डा केसीले सोही दिन आइओएमलाई स्वायत्त बनाउने प्रक्रियामा अघि बढ्न माग गरेका हुन्। ...

मन्त्रीलाई ट्‌वाइलेट पेपरमा राजीनामा दिने डाक्टर

बहुदल आएको केही वर्ष भएको थियो। प्रधानमन्त्री भइसकेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराई डा सुदीपकुमार भट्टाचार्यको कुपोन्डोलस्थित घरमा चिया पिउन पुगे । भट्टराईले चिया पिउँदै प्रस्ताव गरे, ‘डाक्टर भट्टाचार्य, तिमी अब मन्त्री हुनुपर्‍यो।’  डा भट्टाचार्य...

भूकम्पमा धरहराबाट खसेर बाँचेकी प्रशंसा, जसले पूरा गरिन् नर्स बन्ने सपना

काठमाडौं– भूकम्पको समयमा छाएको एउटा तस्बिरले धेरैको मन हल्लाएको हुनुपर्छ। त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरी थिइन् र उनको टिसर्टमा लेखिएको थियो, ‘ड्रिम द वल्र्ड’। ती युवती थिइन्, प्रशंसा श्रेष्ठ।  टिसर्टमा लेखिएको...

ग्लोबल फन्डको ४ अर्ब अनुदानमा सेभ द चिल्ड्रेन, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय क्षयरोग केन्द्रका कर्मचारीको मनपरी

काठमाडौं– ग्लोबल फन्डको अनुदानमा सेभ द चिल्ड्रेन, स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका केही स्वास्थ्य संस्थाका अधिकारीले मनलाग्दी गरेको भेटिएको छ। स्वास्थ्य मन्त्रालय, ग्लोबल फन्ड तथा सेभ द चिल्ड्रेनबीच विभिन्न कार्यक्रम गर्नका लागि ४३ मिलियन अमेरिकी डलर (४ अर्ब ३० करोडभन्दा...

उज्यालोकी सहयात्री डा सविता

विभिन्न कारणले दृष्टि गुमाएर अँध्यारोमा जीवन बिताइरहेको मान्छे एकाएक आँखा देख्ने भयो भने ? कल्पना गर्नुहोस्– उसको आँखामा फर्केको ज्योतिले अनुहारमा ल्याउने चमक।  त्यो खुशीले मुहारमा ल्याउने चमकको धेरैपटक साक्षी बसिसकेकी छिन् डा सविता पालिखे। ‘...

  • 1
  • 2
  • 3 (current)

पढ्नै पर्ने