धनगढी– कैलालीमा पाँच दिनमै ४९ जना नया“ कुुष्ठरोगी फेला परेका छन् । जिल्ला स्तरिया कुष्ठरोग निवारण अभियानअन्र्तगत गरिएको खोजपड्तालका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा गरि ४९ जना नया“ कुष्ठरोगी फेला परेका छन भने छ जनामा कडा खालको अपाङ्गता भएका कुष्ठरोगी फेला परेका हुन् ।
४९ जनामध्ये पौसिबेसिलरी (पिवि) ३५ र मल्टिबेबिसलरी १४ जना कुष्ठरोगी फेला परेका थिए।
जना जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले लम्की–चुहा, टीकापुर, भजनी, गौरीगंगा नगरपालिका तथा जोशीपुर र जानकी गाउ“पालिकामा अभियान सञ्चालन गरेको थियो ।
अभियानअन्र्तगत सबैभन्दा बढी टीकापुर नगरपालिकामा पौसिबेसिलरी (पिवि) नौ र मल्टिबेबिसलरी चार गरि १३ जना फेला परेका थिए । १३ जनामध्ये दुई जनामा कडा खालको अपाङ्गता भएको विरामी फेला परेको थियो ।
त्यस्तै, भजनी नगरपालिकामा ११, जानकी गाउँपालिकामा १०, गौरीगंगा र लम्की चुहा नगरपालिकामा छ/छ र जोशीपुर गाउ“पालिकामा तीन जना कुष्ठरोगी फेला परेका थिए ।
भजनी नगरपालिकामा तीन र गौरीगंगामा एक जनामा कडा खालको अपाङ्गता भएको कुष्ठरोग फेला परेको थियो ।
अभियानका क्रममा २५ जना पुरुष, २४ जना महिला र दुई जना बालकमा कुष्ठरोग देखा परेको थियो।
कार्यालयका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा धनगढी उपमहानगरपालिकामा प्रति हजारमा एक दशमलब ६१, लम्की चुहामा एक दशमलब २५, टीकापुरमा एक दशमलब ३४, भजनीमा एक दशमलब ४८, गौरीगंगामा शून्य दशमलब ३०, जोशीपुरमा एक दशमलब ६४ र जानकी गाउ“पालिकामा एक दशमलब ५९ प्रतिशत रहेको छ । जिल्लामा प्रति हजारमा एक दशमलब २० प्रतिशत कुष्ठरोगी रहेका थिए । जिल्लाका अन्य स्थानीय तहमा प्रति हजारमा एक प्रतिशतभन्दा कम कुष्ठरोगी रहेका थिए।
कैलालीमा कुष्ठरोग निर्मुल भने हुन सकेको छैन । सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले कैलालीमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म २० जना नया“ कुष्ठरोगी फेला परेको बताए । गत आर्थिक वर्ष २०७३/७४ मा यो अवधि (कात्तिक मसान्त) सम्ममा ४७ जना नया“ कुष्ठरोगी फेला परेका थिए।
सहायक कुष्ठरोग सुपराइजर जोशीका अनुसार यस वर्ष कैलालीमा उपचारमा आएका नयाँ २० जना कुष्ठरोगीमध्ये दुई जनामा देखिने खालको अपाङ्गता फेला परेको छ । यो वर्ष १० जना महिलाहरू कुष्ठरोगबाट प्रभावित रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा ८४ जना कुष्ठरोगीहरू उपचारत रहेका छन् ।
जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०६९/७० मा एक सय ६० जना नया“ कुष्ठरोगी फेला परेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा एक सय ७८ र आर्थिक वर्ष २०७१/७२ मा दुई सय ६४ जना नयाँ कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७२/७३ मा ९४ र आर्थिक वर्ष २०७३/७४ मा एक सय २३ नया“ कुष्ठरोगका बिरामी फेला परेका थिए ।
जनस्वाथ्य कार्यालयको तथ्यांकअनुसार कैलालीमा आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७७२, २०७२/७३ र आर्थिक वर्ष २०७३/०७४ मा क्रमशः ७६, ६९, एक सय ३२, ४० र ५७ जना महिला कुष्ठरोगबाट ग्रसित थिए । त्यस्तै, यी वर्षहरूमा कुष्ठरोगबाट ग्रसित भएका बालबालिकाको संख्या क्रमशः १५, आठ, सात, दुई र छ रहेको थियो ।
सरकारले प्रति हजारमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लामा कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये कैलालीमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगीका बिरामी रहेका छन्।
जिल्ला जनस्वास्थ्य कैलालीले दिएको जानकारी अनुसार जिल्लामा आर्थिक वर्ष २०६९÷०७० मा प्रति हजारमा एक दशमलव ७८ प्रतिशत कुष्ठरोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७०÷७१ मा एक दशमलव सात, ०७१÷७२ मा एक दशमलव तीन, ०७२÷७३ मा एक दशमलव ३९ र आर्थिक वर्ष ०७३÷७४ मा एक दशमलब २० प्रतिशत कुष्ठरोगी रहेका छन् ।
जिल्लामा नया“ बिरामी पत्ता लगाउने दर प्रति एक लाखमा १३ जना रहेका छन् । कार्यालयले कुष्ठरोगीका बिरामी दर लक्ष्य अनुरूप घटाउन नसकेको सुपरभाईजर जोशीले बताए ।
तराईको दांगबाहेक अन्य जिल्लामा कुष्ठरोगको जोखिमनै रहेको बताए । उनले नेपालभरी तीन हजारभन्दा बढी कुष्ठरोगीका बिरामी अझै रहेको बताए । उनले सुदूरपश्चिमको सबैभन्दा बढी कैलाली, दोस्रोमा कञ्चनपुर र अछाममा कुष्ठरोगको समस्या रहेकाले निवारणका लागि नेपाल सरकारले यस आर्थिक वर्षमा कैलालीमा निवारणका लागि विशेष अभियान सञ्चालन गरिरहेको बताए।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक अनुज भटचनले कुष्ठरोगका कारण कसैको मृत्यु नहुने बताए । उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नहु“दा कुष्ठरोगीहरू खुलेर उपचारमा आउन नसकिरहेको बताए । उनले कुष्ठरोग लुकाएर राख्दा मानिसले अपाङगता हुनुपर्ने अवस्था सृजना हुने बताउ“दै कुष्ठरोगका लक्षण देखिएमा नलुकाएर उपचारविधिमा आए अपाङता हुनुपर्दैन।
कैलाली वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईले कैलाली नेपाल–भारत सीमा क्षेत्रमा पर्ने र भारतमा बढी कुष्ठरोगी भएका कारण यस क्षेत्रमा निवारण गर्न चुनौति रहेको बताए ।