काठमाडौं– सरकारले स्वास्थ्य चौकीमा तहगत जेष्ठताका आधारमा इन्चार्ज हुने व्यवस्थासहितको नयाँ संगठन संरचना पास गरेको छ। नयाँ संगठन संरचना अनुसार स्वास्थ्य चौकी तथा पालिकाहरुमा कर्मचारी व्यवस्थापनको काम अगाडि बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रिरिषदबाट पास भएको नयाँ संरचना अनुसार उपत्यका र तराइमा एकथरी तथा पहाड र हिमालमा अर्को गरी दुईथरी संरचना बनाइएको छ। जसअनुसार तराइ र उपत्यकाका स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी रहने छ भने पहाड र हिमालमा ५ जना हुनेछन्।
नयाँ संरचनाले स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट र सिअहेबबीच को इन्चार्ज हुने भन्ने विवाद समेत समाधान गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
यस्तै, पालिकाहरुमा महानगर, उपमहानगर, नगर र गाउँपालिकाको फरक फरक दरबन्दी तोकिएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखामा २, नगरपालिकामा ३, महानगरपालिका र उपमहानगरपालिकामा ४ जनाको दरबन्दी रहनेछ।
हेरौं स्वास्थ्य चौकीको संगठन र दरबन्दी




हेरौँ पालिकाको स्वास्थ्य शाखाको संगठन र दरबन्दी




