काठमाडौं– बारा र पर्सामा आएको हावा हुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।
गृहमन्त्रालयका अनुसार घाइते भएका भएका ६ सय १२ जना मध्ये ३ सय ४३ जना उपचारपछि घर फर्केका छन्।
तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ।
काठमाडौंबाट एक मेडिकल टोलीसहित ४ सय ६८ थान त्रिपाल र ४ हजार १ सय ३८ थान कपडा लिएर बिहान बजे बारातर्फ गएका छन्।
स्थानीय स्तवरवाट थप उद्दार राहतका काम हुँदै गरेको मन्त्रालयले जनाएको छ।
घाइतेहरूको नि:शुल्क उपचार गरिने मन्त्रालयले जनाएको छ।