काठमाडौं-हावाहुरीका कारण गम्भीर घाइतेलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार सुरु भएको छ।
घाइतेलाई सेवाको हेलिकोप्टरबाट आजै काठमाडौँ ल्याइएको हो।
घाइतेहहरु बाराका मोम्हमद मियाँ, गीतादेवी पटेल, अमन पटेल, मुनाफ अन्सारी, किसन पटेल र सुरेश पटेल र पर्साकी समिना खातुन रहेका छन् । समिना खातुन पाँच वर्ष र अमन पटेल, तीन वर्षका छन्र ।
गीतादेवी पटेलको अन्य घाइतेभन्दा गम्भीर अवस्था रहेको बताइएको छ। समिना खातुनको अवस्था सामान्य छ।