काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्त वरिष्ठ हाडजोर्नी विशेष डा गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन्। उनी प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि त्यहाँ पुगेका हुन्।
सोमबार रात्री बस चढेर बारा पुगेका डा केसी मंगलबार बिहान बाराको फेटामा पुगेका हुन्। उनले घाइतेको उपचार समेत सुरु गरेका छन्।
आफ्नै खर्चमा आवश्यक औषधि समेत बोकेर डा केसी प्रभावित क्षेत्रमा पुगेका हुन्। बाराको फेटा सबैभन्दा बढी प्रभावित क्षेत्र हो।
डा केसीले मंगलबार दिउसभर उक्त क्षेत्रमा बिरामीको उपचार गर्ने बताएका छन्।

