काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान) ले स्वास्थ्यको कर्मचारी समायोजनको सूची सार्वजनिक भएलगत्तै आकस्मिक बैठक बोलाएको छ ।
सरकारले गोदानसँग गरेको सम्झौता र प्रतिवद्धता विपरित समायोजन गरेको भन्दै आज दिउसो साढे ३ बजे छलफलको लागि बैठक बोलाएको हो ।
सरकारले मंगलबार साँझ सातौँ, आठौ, नवौँ र दशौँ तहको समायोजन सूची प्रकाशन गरेको थियो । सूचीमा सरकारले गरेकाे सम्झाैताअनुसार समायाेजन नभएपछि गाेदानले असन्तुिष्ट जनाएकाे छ ।
गोदानले सरकारी चिकित्सकलाई संघमातहतमा राखेर समायोजन गर्न माग गर्दै अाएको छ । नेपाल सरकारको बहालवाला चिकित्सक बाहेक चि.वि.रा.प्र. का पदाधिकारी नियुक्त गरिएको बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । सबै सरकारी चिकित्सकहरुलाई अनिवार्य उपस्थित हुन गाेदानले आग्रह गरेको छ ।