काठमाडौँ – ताहाचलका ८० वर्षीय तुलसीप्रसाद घिमिरे २–३ दिन देखि हातखुट्टा लुलो हुने, मुख सुख्खा हुने लक्षण देखापरेपछि मधुमेह बढेको शंका लागि आज वीर अस्पतालमा जचाउँन आएका आएका थिए।
बिहान १० बजे तीर आएका उनी सधैँ भिडभाड हुने वीर अस्पताल सुनसान देख्दा अचम्म मान्दै आज छिटो पालो आउने भयो भनेर मख्ख परे तर उनको खुसी धेरैबेर टिकेन। १० बजे आएका उनी ११ बजेसम्म पनि टिकट नखुलेपछि दुखी हुदैँ उपचार गर्न आएका अन्य बिरामीसँग बुझ्दा पो थाहा पाए की आज त अस्पतालको आकस्मिक बाहेका सबै सेवा ठप्प रहेछन्।
उनले ताहाचलबाट बल्लतल्ल आएको र अब फेरी अर्को दिनपनि दुख पाउनु पर्ने भनेर निराश बने। ‘सरकार र चिकित्सक मिलेर समस्याको समाधान गर्नु पर्छ यसरी आन्दोलनको नाममा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई बन्द गरेर जनतालाई दुख दिनु हुदैँन उनी भन्छन्।’
बानेश्वर घर भएका ३० वर्षीय विशाल थापा आफू वैदेशिक रोजगारको लागि हिजो मेडिकल जाँच गर्न अस्पतालमा स्याम्पल बुझाएका थिए। अस्पतालले उनलाई रिपोर्ट लिन आज १० बजे बोलाएको थियो तर आज उनी बिहान १० बजे पुग्दा अस्पतालको रिपोर्ट लिने ठाउँ बन्द थियो।
छिटो आएकाले बन्द होला भनेर ११ बजे सम्म अस्पतालमा बसे तर नखोलिएको थाहापाएपछि बुझ्दै जाँदा चिकित्सको आन्दोलन रहेको पाए।
उनले भने ‘यसरी जतिबेला पनि स्वास्थ्य सेवा बन्द गरेर बिरामीलाई दुख दिनु हुदैँन । किन नबुझेका होलान चिकित्सकहरुले?
स्वयम्भु सानो भ¥याङका ९० वर्षीय देवी गुरुङ हिजो बेलुका देखि चक्कर तथा हिँड्न गाह्रो भइ बिहान मर्निङ वाक जान समेत नसकेपछि वीर अस्पतालमा आएका थिए। उनले पनि उपचार सेवा पाउन सकिनन्।
बिहान ११ बजे राष्ट्रिय ट्रमा सेन्टरमा पुग्दा अघिपछि जस्तै ओपिडीमा बिरामीको भिड देखिएन। जति बिरामीहरु अस्पतालमा थिए उनीहरु टिकट सिद्धियो भनेर घर फर्काइएको थियो। तर केही बिरामीपछि टिकट पाइहाल्छु भन्ने आशमा अस्पतालमानै बसेका थिए । ती मध्य बनेपाका ८० वर्षिय हरी शर्मा पनि त्यही आशले कुरेका थिए।
उनका अनुसार अस्पतालले आज भर्ना हुन भनेर बोलाएको थियो। उनको डाक्टरले घुडाको हर्डी फेर्नु पर्ने बताएका छन्। उनलाई हेर्ने डाक्टर अब सोमबार र मंगलबार मात्र आउने रे, अरु कति दिन कुर्नु पर्ने हो खै? उनी निराश मुद्रामा बोले।
यसरी स्वास्थ्य सेवा नपाएर घर फर्किनु परेको यी त प्रतिनिधि पात्र मात्र हुन्। यसरी सेवा ठप्प पारिँदा आमजनताहरुले धेरै दुःख पाएका छन्।कर्मचारी समायोजनको विषयमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ( गोदान) अहिले आन्दोलित छ। आज सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका थिए।
आन्दोलित सरकारी चिकित्सकहरु आज विभिन्न नारा भएका ब्यानर र प्लेकार्ड हातमा बोकेर वीर अस्पताल परिसरमा धर्नामा बसेका थिए।
डाक्टरहरुले आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै सरकारले पनि अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाउने विषयमा निर्णय सार्वजनिक गरेको छ। तर पनि आफ्ना माग पुरा नभएसम्म आफूहरु पछि नहट्ने संघका अध्यध्य दिपेन्द्र पाण्डे बताउँछन्।

संघका अध्यक्ष पाण्डे भन्छन् ‘गोदानसँग गरेको प्रतिवद्धता र सहमति विपरित विभेदपूर्ण तथा अवैज्ञानिक चिकित्सक समायोजन गर्न हुने तर हामीले अन्दोलन गर्न नहुने? उनी थप्छन् ‘अति आवश्यक र आकस्मिक सेवा सञ्चालित छन् ओपिडी सेवा मात्र ठप्प पारेका हाैँ, माग पुरा नभएसम्म हामी पछि हट्दैनौँ।’