सुर्खेत- कर्णाली प्रदेशले प्रदेश अस्पताल विस्तार गरी ३ सय शय्या पुर्याउने भएको छ।
शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पताल विस्तार गर्ने निर्णय गरेको हो।
अस्पतालको रुपमा स्तरोन्नति गरी ३०० शय्या पुर्याउनले निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए।
अस्पतालमा हाल ५० शय्या रहेका छन्।
प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पताल विस्तार गर्न लामो समयदेखि प्रयासरत थिए।
यसैबीच सो बैठकले प्रदेश २ का हावाहुरी प्रभावितका लागि राहतस्वरुप १ करोड रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ।
प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी १ करोड उपलब्ध गराउने निर्णय गरेको हो।