काठमाडौं— नेपाल नर्सिङ काउन्सिलको यही भदौ २८ गते हुने सदस्यको निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। काउन्सिलले तीन जना बोर्ड सदस्यका लागि निर्वाचन गर्न लागेको हो।
काउन्सिलले १२ जिल्लामा मतदान केन्द्र ताकेको छ। विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटवल, नेपालगञ्ज, जुम्ला र धनगढीमा निर्वाचन केन्द्र तोकेको काउन्सिलले जनाएको छ।
काउन्सिलको बोर्ड सदस्य पदमा ८ जना नर्सहरुले उम्म्देवारी दिएका छन्। सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेद्वारी दिएका छन्।
यसअघि नेपाल नर्सिङ संघको चुनावकै समयमा काउन्सिलका लागि तीन सदस्यको पनि मतदान हुने गथ्र्यो। चुनाव नभएपछि काउन्सिलले लामो समयसम्म बोर्ड सदस्य रिक्त हुँदा कामकारवाही प्रभावित भएको भन्दै भदौ २८ गते चुनाव गर्ने निर्णय गरेको हो।
निर्वाचनमा नर्सिङ संघका सदस्यले मात्र मतदान गर्न पाउने छन्। यो व्यवस्थाको काउन्सिलमा दर्ता भएका नर्सहरुले विरोध गरेका छन्। संघमा हालसम्म करिब १२ हजार नर्स मात्र सदस्य रहेका छन्। काउन्सिलमा अनमीसहित झण्डै ८९ हजार दर्ता छन्।
यी हुन् मतदान केन्द्र

यो पनि