काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले आगामी भदौ २८ गते हुने निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ।
काउन्सिलले ३ सदस्यका लागि चुनाव गर्न लागेको हो। काउन्सिलको बोर्ड सदस्य पदमा ८ जना आकांक्षी नर्सहरुले उम्म्देवारी दर्ता गराएका छन्।
बोर्डको तीन सदस्यीय पदका लागि प्रगतिशिलतर्फका ५ र ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
स्वतन्त्रबाट सरला केसी, जीता बराल र मित्रकुमारी देवकोटाले उम्मेद्वारी दर्ता गराएका छन्।
प्रगतिशीलबाट डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन्।
उक्त निर्वाचनमा नेपाल नर्सिङ संघका सदस्यले मात्र मतदान गर्न पाउने छन्। संघको सदस्यता नलिएकाले भोट हाल्न पाउने छैनन्।
काउन्सिलले सार्वजनिक गरेको सूची अनुसार निर्वाचनमा १२ हजार ४१ जना मतदाताको नाम रहेको छ।
हेरौँ मतदाताको नामावली