काठमाडौं- फार्मेसी क्षेत्रका तीन वटा संगठनले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) फार्मेसीबाट बिmित्र वितरण नगर्न नगराउन अनुरोध गरेका छन्।
नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघ र ग्राजुयट फर्मासिस्ट एसोसिएसनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सबै फार्मैसी र पेशाकर्मीहरुलाई आग्रह गरेको हो।
औषधि व्यवस्था विभागले भदौ २ गते विभागमा दर्ता नभएका यस्ता समाग्री विक्रि वितरण नगर्न सूचना जारी गरेको थियो। फार्मेसी क्षेत्रका यी तीनवटै संगठनले विभागको उक्त निर्णयप्रति स्वागत गर्दै सबै फार्मेसी र पेशाकर्मीलाई अपिल गरेको हो।
नेपाली बजारमा डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्सको नाममा औषधिजन्य उत्पादन बिक्रि वितरण हुँदै आइरहेको छ। यसले उपभोक्तमाथि अन्याय गरिरहेको विज्ञहरु बताउँछन्। कमिसन तथा अन्य विविध कारणले गर्दा केही अस्पताल तथा डाक्टरहरुले समेत यी सामग्री प्रमुख औषधिका रुपमा सिफारिस गरिरहेका छन्। जबकी नियम अनुसार डाक्टरले यस्ता समाग्री सिफारिस गर्न पाउँदैनन।
चिकित्सकीय उपचारमा प्रयोग हुनेभन्दा कम मात्रामा उपलब्ध भिटामिन, मिनिरल लगायतका धरै समिश्रणहरुलाई हालसम्म औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ।
यो पनि :