यतिबेला गैरसरकारी डाक्टरहरु चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी) तहको अध्ययनका विषयलाई लिएर सरकारसँग आक्रोशित भइरहेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले सरकारी डाक्टरलाई मात्र पढ्न कोटा छुट्याएको विरोधमा उनीहरु सरकारका विभिन्न निकाय धाइरहेका छन्। गैरसरकारी चिकित्सकहरु किन सरकारसँग रुष्ट भएका हुन्? उनीहरुको खास माग के हो? लगायतका विषयमा गैरसकारी चिकित्सक संघका महासचिव डा रितेश थापासँगको भिडियो कुराकानी :