काठमाडौं– नेपाल र चिनियाँ सरकारबीच परम्परागत उपचारका क्षेत्रमा एकआपसमा सहयोग गर्ने सम्झौता भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज दुई देशबीच परम्परागत उपचार पद्धतिको विकास, तालिम, जटिबुटीको सम्भाव्यता अध्ययन लगायतमा आपसी सहयोग गर्ने सम्झौता भएको हो।
नेपालका लागि चिनियाँ राजदूत र स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालले सम्झौतापत्र आदानप्रदान गरेका थिए।
सचिव खगराज बरालका अनुसार चीन सरकारले तालिम, यहाँको विकासमा सहयोग गर्ने कुनै विषयगत सम्झौताका लागि नियमअनुसार पछि सम्झौता हुने छ।