काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ बाट फिजिसियन डा. विश्वराज दवाडी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
खुल्ला समूहबाट उम्मेदवार बनेका डा. दवाडी १६५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. दवाडी हाल धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन्। स्वास्थ्य क्षेत्रको सुधार र पेसागत हकहितका साथै पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा ओर्लिएका थिए।