काठमाडौं- संसदमा पेस गरिएको ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा महिला कर्मचारीहरूका लागि ‘महिनावारी/रजस्वला बिदा’ को विशेष व्यवस्था गरिएको छ।
निजामती सेवाको इतिहासमा पहिलो पटक महिला कर्मचारीहरूको स्वास्थ्य तथा प्रजननसम्बन्धी अधिकारलाई सम्बोधन गर्दै प्रस्तावित विधेयकमा महिनावारी बिदाको प्रावधान राखिएको हो।
विधेयकको दफा १२५ (१) मा निजामती कर्मचारीले पाउने विभिन्न बिदाहरूको सूचीमा खण्ड (च) अन्तर्गत 'महिनावारी/रजस्वला बिदा' समावेश गरिएको छ।