काठमाडौं- नेपाल औषधि उत्पादक संघकाे नयाँ कार्यसमितिकाे नेतृत्वका लागि प्रज्वलजंग पाण्डे र नारायणबहादुर क्षेत्रीबीच प्रतिस्पर्धा भएको छ। सहमितकाे प्रयास असफल भएपछि मतदान गर्ने टुंगो लागेको थियो। अहिले अध्यक्ष पदका लागि मतदान जारी रहेको छ।
आज भइरहेकाे संघकाे २५औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ।
पाण्डे वर्तमान कार्यसमितिका महासचिव हुन् भने क्षेत्री वरिष्ठ उपाध्यक्ष हुन्।
हरेक दुई वर्षमा हुने संघकाे नयाँ कार्यसमितिका लागि सुवर्ण भक्त जाेशी, प्रभात रूंगटा, विकेक मान वैद्य, आशिष अग्रवाल, विप्लव अधिकारी, सन्ताेष बराल, पृथ्वी राजभण्डारी, महेश प्रसाद प्रधान, दीपेन्द्रबहादुर प्रधान,प्रेमबहादुर जाटिया,अरूण अधिकारी र विजयराज शाक्यले सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
संघकाे विधान अनुसार अध्यक्षले बाँकी कार्यसमितिकाे विभिन्न पदका लागि मनाेनयन गर्ने परम्परा छ। नवनिर्वाचित अध्यक्षले सदस्य चुनिएकाबाटै अन्य पदमा मनोनयन गर्नेछन्।