काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनसम्बन्धी गुनासो कात्तिक १ गतेबाट दर्ता नगर्ने जनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा गुनासो व्यवस्थापन एवं सहजीकरण संयोजक महेन्द्रप्रसाद श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न समूह/उपसमूहहरुलाई समायोजनका सम्बन्धमा गुनासो दर्ता गर्न असोज १७ गतेसम्म मात्र समय दिएकोमा निरन्तर गुनासो दर्ता हुन आएको भन्दै कात्तिक १ गतेबाट दर्ता नहुने जनाएका हुन्।
मन्त्रालयले असोज ९ गते सूचना जारी गर्दै समायोजनसम्बन्धी गुनासो असोज १७ गतेसम्म मात्र दर्ता हुने बताएको थियो।
उनका अनुसार समायोजनका क्रममा भएका त्रुटिहरु एवं वैद्य र ल्याव असिष्टेन्टबाहेक अन्य विषयको गुनासो कात्तिक १ गतेदेखि मन्त्रालयमा दर्ता हुने छैन।