काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले भोलि शनिबार गर्ने शैक्षिक वर्ष २०७६÷७७ को एमडी÷एमएस÷एमडिमएस स्नात्तकोत्तरको प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ।
न्याम्सले आज सूचना प्रकाशित गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित भएको जनाएको छ।
न्याम्सका सहकुलपति उपप्रधान एवं स्वास्थ्य तथा जवनसंख्या मन्त्री उपेन्द्र यादवले प्रवेश परीक्षामा सहभागी हुन आउने दुर्गमका विद्यार्थीलाई समय कम भएको भन्दै परीक्षा स्थगित गर्न बिहीबार पत्र पठाएपछि परीक्षा स्थगित भएको हो।
सहकूलपतिले परीक्षा स्थगित गर्न आदेश दिएपछि न्याम्सका पदाधिकारीहरुको बैठक बसी अर्को मिति नतोक्दासम्मलाई परीक्षा स्थगित गरिएको हो।
यसबर्षका लागि नेपाल मेडिकल काउन्सिलले एमडी÷एमडीएमएसतर्फ ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ।
जसमा एमडीरएमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ।
त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ।
डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ।
त्यसैगरी, एमसिएचतर्फ न्युरो सर्जरीमा २, प्लास्टिक सर्जरीमा २, थोरासिक एण्ड भास्कुलर सर्जरीमा २, युरोलोजी २ सर्जिकल गाइनोकोलोजीमा १ सिट तोकेको छ।
यस वर्ष एमडीएसतर्फ विभिन्न विद्याका लागि ७ वटा सिट निर्धारण गरेको छ ।
न्याम्सका डीन प्राडा पीयूष दाहालले सूचना जारी गरेका छन्। शनिबार परीक्षा हुने भएपछि प्रवेश परीक्षामा सहभागी हुन विद्यार्थी काठमाडौं आइसकेका छन्। अन्तिम समयमा परीक्षा स्थगित भएको भन्दै केहीले आक्रोश पनि व्यक्त गरेका छन्।
